मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

गाननान सम्मेलन सम्पन्न

राजधानी समाचारदाता
2 months ago
15/05/2019

काठमाडौ।  चीनको गाननान प्रान्तको उत्पादनलाई नेपाली बजारमा चिनाउन आयोजना गरिएको कृषि र पशुपालन उत्पादनको प्रबद्र्धन सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा भाग लिन र अवलोकन गर्न गन्सु प्रदेशका मुख्यमन्त्री थाङरन चिचान पनि आएका थिए । सम्मेलनमा गाननानमा उत्पादन भएको वस्तुको प्रदर्शन गरिएको थियो भने सम्मेलनमा गाननान सहरमा उत्पादन हुने बुद्ध धर्मसम्बन्धी थांकाहरू पनि थिए ।

गाननानका विभिन्न ठाउँमा उत्पादन हुने च्याउ र हर्बल वस्तु पनि प्रर्दशनीमा थिए ।

गाननान सहरको पर्यटन कृषि र अन्य वस्तुको दृश्यावलोकन पनि गराइएको थियो । यस सम्मेलनमा भाग लिने नेपाली व्यवसायीले पनि गाननानको उत्पादनको बारेमा जानकारी लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

(Visited 12 times, 1 visits today)
Loading comments...