मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

प्रधानमन्त्री ओलीद्वारा विन विन मोनुमेण्ट भ्रमण

रासस
6 days ago
15/05/2019

नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित विन–विन–मोनुमेण्ट भ्रमण गरेका छन् । चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ ।

सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् २०२३ मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन् ।

सो स्मारकले आउँदो पुस्तालाई एउटा राम्रो शिक्षा दिएको छ जसले कम्बोडियाको राष्ट्रिय मेलमिलाप, स्वतन्त्रता, एकता, सार्वभौमिकता, विकास र समृद्धिलाई प्रतिनिधित्व गर्छ । उक्त स्मारक एक करोड २० लाख डलरमा निर्माण भएको हो जुन सम्पूर्ण कम्बोडियालीको संयुक्त उपलब्धि मानिन्छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...