मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

नगरपालिकामा अनियमितता बढेको भन्दै नेकपाका नेताद्वारा तालाबन्दी

नवीन शिशिर
2 months ago
15/05/2019

बागलुङ । बागलुङ नगरपालिकामा अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार बढेको भन्दै नेकपाका एक नेताले तालाबन्दी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङका नेता कृष्ण पाठकले बुधबार बिहान नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

‘यो नगरपालिकामा व्यापक अनियमितता छ, लापर छ, मनपरी भएको छ,’ उनले भने, ‘पार्टीको निर्देशन नमान्ने र कमाउ धन्दामा लागेको हुँदा सचेत गर्न सांकेतिक रुपमा तालाबन्दी गरेको हुँ ।’ आफु नगरबासीको हैसियतले तालाबन्दी गरेको उनको भनाई छ ।

‘यहाँ जेगरे पनि हुने, सरकारले पठाएको पत्रहरु गायब गर्ने, बजेट फ्रिज बनाउने र अटेरीपन छ, भनेको सुन्दैनन् ।’ नगर प्रमुख पार्टीका नेताहरुले पटक–पटक सचेत बनाए पनि सुध्रिन नसकेको आरोप लगाए ।

बागलुङ नगरपालिका वडा नम्बर १२ भैरवस्थान सडक कालोपत्र गर्न आएको समपुरक बजेट ७ करोड रूपैयाँ र थप अनुदानको ३ करोड रूपैयाँ फ्रिज बनाएको आरोप नेता पाठकले लगाएका छन् ।

तालाबन्दी बारे नगरपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन । यस विषयमा बुझन खोज्दा नगर प्रमुख जनकराज पौडेल कार्य व्यस्ताको कारण कुराकानी हुन सकेन । नगरपालिकाले ताला तोडेर नियमित काम सञ्चालन गरेको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल नेकपा गण्डकी प्रदेश सदस्य हुन् भने नेता पाठक प्रस्ताविक जिल्ला कमिटी सदस्यमा रहेका छन् । यसअघि नेकपाले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधामा ढिला सुस्ती, कर्मचारीको व्यवस्थापनमा समस्या, कर्मचारी मेयरको नियन्त्रण बाहिर रहेको भन्दै पटक पटक सचेत गराएको थियो ।

(Visited 87 times, 1 visits today)
Loading comments...