मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

ज्यान मुद्दाका फरार ४ जना अभियुक्त धादिङबाट पक्राउ

अर्जुन श्रेष्ठ
6 days ago
15/05/2019

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले ४ जना अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १ स्यालडाडाका ४ जना अभियुक्तलाई पक्राउ गरिएको हो ।

धादिङ जिल्ला अदालतले २०५३ साल असार ४‚ तत्कालिन पुनरवेदन अदालत पाटनले २०५४ साल जेठ २७ र सर्वोच्च अदालतको २०५९ साल चैत १५ गते भएको फैसलाले कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका ४ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश विष्टले बताए ।

पक्राउ पर्नेमा ४९ वर्षीय रेशम बहादुर नेवार र ४९ वर्षीय लाल बहादुर श्रेष्ठलाई ३ महिना १० र ४८ वर्षीय झम बहादुर श्रेष्ठलाई ३ महिना १० दिन सजाय तोकिएको छ । त्यस्तै, ४५ वर्षीय क्षेत्रमान श्रेष्ठ नामले चिनिने बिष्णु बहादुर श्रेष्ठलाई ५ महिना सजाय तोकिएको डिएसपी विष्टले बताए ।

(Visited 45 times, 1 visits today)
Loading comments...