मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

युवाहरुले समाजवादका लागि वैचारिक संघर्ष गने वेला भयो : प्रचण्ड

राजधानी समाचारदाता
2 months ago
15/05/2019

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्ने बताएका छन् । युवा सङ्घ, नेपालको स्थापना दिवसमा आयोजित विशेष समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘नयाँ राजनीतिक कार्यदिशा र संगठनात्मक प्रणालीको विकास गर्नुपर्छ’ । सही विचार कुनै अमुर्त वस्तु होइन, यो कल्पनामा आउने कुरा पनि होइन ।

अध्यक्षले वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट नै सही विचार आउँने बताए । ‘मेरै विचार ठीक अरुको गलत भन्ने मानसिकताले हामी ठीक ठाउँमा पुग्दैनौं, उनले भने ‘अब युवाहरुले समाजवादका निम्ति वैचारिक बहस र सङ्घर्ष गर्ने बेला आएको छ ।’

उनले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको धारणा राखे । उनले भने ‘मार्क्सवाद कुनै धर्मशास्त्र, कुनै बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त होइन । विचार पनि समाजसँगै गतिशील हुन्छ, विकसित हुन्छ । वर्ग रहेसम्म वर्गसङ्घर्ष रहन्छ । विचार पनि सङ्घर्षसँगै विकसित हुँदै जान्छ । हामीले मार्क्सवादलाई पनि गतिशील रुपमा बुझ्नुपर्छ ।’

(Visited 33 times, 1 visits today)
Loading comments...