मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

कारागारभित्रै झडप हुँदा चार जनाको मृत्यु

एजेन्सी
2 months ago
15/05/2019

काबुल । अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए । सो घटनाका बारेमा छानबिन शुरु भएको छ ।

(Visited 40 times, 1 visits today)
Loading comments...