मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

राजधानी समाचारदाता
2 months ago
15/05/2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर बुधबारसाँझ स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली बैशाख २६ गते भियतनाम प्रस्थान गरेका थिए । टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सहभागी थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भियतनामको भ्रमणपछि ओली कम्बोडिया गएका थिए । कम्बोडिया पनि ओलीले त्यहाँका प्रधानमन्त्रीसहित बिशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन् ।

(Visited 37 times, 1 visits today)
Loading comments...