मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

एभिन्युजमा तोडफोड गर्ने समाजवादीका कार्यकर्ता माथि किटानी जाहेरी

तुलसी भण्डारी
2 months ago
15/05/2019

वीरगन्ज । वीरगञ्जस्थित एभिन्युजको कार्यालय तोडफोड गर्ने समाजवादी पार्टी नेपालका पाँचजना स्थानीय कार्यकर्तामाथि प्रहरीमा किटानी जाहेरी परेको छ ।

सोमबार वीरगन्जमा रहेको एभिन्यूज टेलिभिजनको व्यूरो कार्यालयमा पसी तोडफोड गर्ने समाजवादी पार्टी नेपालका पाँच जना स्थानीय कार्यकर्ता माथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको हो । किटानी जाहेरीको दर्ता नम्बर ५७७ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्यूज टेलिभिजनको सकस राजनीतिक बहस कार्यक्रमलाई लिएर समाजवादी पार्टी नेपालका कार्यकर्ताले वीरगन्जमा रहेको एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड गरेका थिए ।

घटनास्थलमा पुगेर अवलोकन गर्दै तोडफोड गर्ने व्यक्तिहरुको भिडियो क्लिप समेत हेरेर उनीहरुको पहिचान गरी फर्केका पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र पर्सा प्रहरी उपरीक्षक रेवती ढकालसहितका सुरक्षाकर्मीहरुले दोषीलाई नियन्त्रणमा लिने र कार्वाही प्रकृया थाल्ने काम नगरेकोले किटानी जाहेरी दिनु परेको एभिन्यूज टेलिभिजनका व्यूरो इन्चार्ज राजु श्रेष्ठले बताए ।

किटानी जाहेरी दर्ता गर्न संस्थाका प्रतिनीधिलाई पठाए पनि पर्सा प्रहरीले दर्ता नगरेपछि नेपाल पत्रकार महासंघको अगुवाइमा नै बुधबार पर्सा प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको हो ।

(Visited 62 times, 1 visits today)
Loading comments...