मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

काठमाडौंको कालोपुलमा २० वर्षीय युवतीमाथि एसिड प्रहार

राजधानी समाचारदाता
6 days ago
15/05/2019

काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवतीमाथि बुधबार राति एसिड प्रहार भएको छ ।

कालोपुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय युवतीमाथि एसिड प्रहार भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजधानीलाई जानकारी दिए ।

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीरको केही भाग जलेको छ । ती युवतीलाई ओम अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।

एसिड प्रहार गर्ने बिष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पोखरेलले बताए ।

(Visited 107 times, 1 visits today)
Loading comments...