मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

गर्भवती हुँदा पनि फिल्म खेलेका नायिका

एजेन्सी
5 days ago
16/05/2019

 

मुम्बई ।   बलिउडका विभिन्न नायिकाले गर्भवती अवस्थामै नायिकाका रूपमा सुटिङ सफलतापूर्वक सम्पन्न गरेका छन् । उनीहरू फिल्ममा अनुबन्धित भए । तर, लामो समयसम्म फिल्मको छायांकन भएन । जब उनीहरू गर्भवती अवस्थामा थिए तब फिल्मको छायांकन सुरु भयो । यसरी, फिल्म सुटिङको क्रममा गर्भवती रहेका केही नायिकाको यहाँ चर्चा गरिएको छ ।

 

 

काजोल

सन् १९९९ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी अभिनेत्री काजोल सन् २०१० मा फिल्म ‘वी आर फेमिली’मा आबद्ध थिइन् । फिल्मको छायांकन सुरु हुन लाग्दा उनी गर्भवती भएको पुष्टि भयो । उनले तीन महिनाको गर्भ बोकेरै फिल्मको छायांकन सम्पन्न गरिन् । फिल्म छायांकनका क्रममा उनलाई पति अजय र निर्माता करण जौहरले निकै हेरचाह गरे । त्यसपछि उनले युग देवगनलाई जन्म दिइन् ।

 

 

ऐश्वर्य राय बच्चन

 

गर्भवती अवस्थामा फिल्म खेल्ने अभिनेत्रीमा ऐश्वर्य राय बच्चन पनि पर्छिन् । तर, अरू अभिनेत्री जस्तो गर्भवती अवस्थामा आफ्नो सुटिङ अभिनेत्री ऐश्वर्यले सम्पन्न गर्न सकिनन् । सन् २००७ सा अभिषेक बच्चनसँग विवाह गरेकी यी अभिनेत्री २०११ मा गर्भवती भएकी थिइन् । त्यतिबेला उनको नयाँ फिल्मको सुटिङ चल्दै थियो । फिल्मको कथाअनुसार उनी गर्भवती हुन नमिल्ने थियो । सोही कारण ऐश्वर्यले यो फिल्मको छायांकन आधा सकेर फिल्म पनि छाडिन् ।

 

 

श्रीदेवी

दिवंगत अभिनेत्री श्रीदेवीले पनि गर्भवती अवस्थामा फिल्म खेलेकी थिइन् । सन् १९९६ मा फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेकी अभिनेत्री श्रीदेवी जब १९९७ मा नयाँ फिल्म जुदाइमा काम गर्ने तयारीमा थिइन्, त्यतिबेला उनी गर्भवती भइन् । तर, उनले फिल्म छाडिनन् । गर्भवती अवस्थामै फिल्म जुदाइको छायांकन सम्पन्न गरिन् । त्यसपछि उनले छोरी जान्ह्वी कपुरलाई जन्म दिएकी थिइन् । जान्ह्वी अहिले बलिउडकी नायिका बनिसकेकी छन् ।

 

 

कोंकना सेन शर्मा

आफू गर्भवती भएको अवस्थामा पनि फिल्मको छायांकन राम्ररी सम्पन्न गर्ने अभिनेत्री कोंकना सेन शर्मा पनि हुन् । उनी फिल्म राइट या रङको सुटिङको क्रममा गर्भवती थिइन् । तर, उनले छायांकन राम्ररी सम्पन्न गरेर रिलिजको क्रममा प्रचारप्रसारमा समेत साथ दिइन् ।

 

माधुरी दीक्षित

 

बलिउड अभिनेत्री माधुरी दीक्षितले पनि आफू गर्भवती हुँदाकै अवस्थामा सञ्जय लीला भन्सालीको फिल्म ‘देवदास’को सुटिङ सम्पन्न गरिन् । यो फिल्ममा अनुबन्धित भएपछि उनी गर्भवती भएको थाहा भयो । तर, उनले फिल्म छाडिनन् । फिल्मको छायांकन सकिने बेलामा गीत मार डाला…को छायांकनको क्रममा उनलाई केही गाह्रो भए पनि देवदासको सबै काम उनले गर्भवती अवस्थामै पूरा गरेकी हुन् ।

 

जुही चावला

सन् १९९५ मा व्यवसायी जय मेहतासँग विवाह गरेकी अभिनेत्री जुही चावला जब नयाँ फिल्म ‘झंकार बिट्स’मा अनुबन्धित भइन् । त्यतिबेला उनी गर्भवती भइन् । तैपनि, उनले फिल्म छाडिनन् ।  फिल्मको  छायांकन सम्पन्न गरिन् ।

 

(Visited 102 times, 1 visits today)
Loading comments...