मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

बौदीकालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

रामकुमार श्रेष्ठ
5 days ago
16/05/2019

नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको वडा नं. २ को वडा कार्यालय नजिकै बुधबार साँझ ग १ त ५१७४ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको निधन भएको छ ।

बौदीकाली २ निवासी १६ बर्षीय सुदिप नेपालीको मृत्यु भएको हो । स्थानीय बासिन्दाका अनुसार ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको थिए । ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

(Visited 18 times, 1 visits today)
Loading comments...