मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

जहाँ, एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीलाई पढाइन्छ

ओपेन्द्र बस्नेत
5 days ago
16/05/2019

तुलसीपुर । एघार बर्षीया छात्रा प्रतिक्षा रासकोटीको सपना धेरै पढेर डाक्टर बन्ने सपना छ । तर लक्ष्य प्राप्तीका लागि अध्यन गर्ने विद्यालयको अवस्था भने कन्तबेजोग छ । जहाँ नर्सरी देखि कक्षा पाँचसम्मका विद्यार्थीलाई तीनवटा कक्षामा संगै राखेर पढाउने गरिन्छ । ‘सरले चार र पाँच कक्षालाई एउटै कोठामा राखेर पढाउनु हुन्छ ।

पढाएको पनि केहि बुझिदैन’ दाङको शान्तिनगर गाउँपालिका–३ केराघारी स्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छात्रा रासकोटीले भनिन् । उज्यालो भविष्य बनाउन पढ्न आउने कलिला यस्तै ७२ जना बालबालिकाहरुका लागि विद्यालय हिजो आज समय विताउने थलो जस्तै बनेको छ ।

विद्यालयको चौरमा उफ्रिरहेका बालबालिकालाई ठूलो भएपछि के बन्छौ भनेर सोध्यो भने कसैले डाक्टर भन्छन कसैले मास्टर भन्छ त कोही हाँसेरै प्रतिकृया दिन्छन् । कालिला नानिहरुको भविष्यको चिन्ता र स्कुलको अवस्थालाई घोत्लिएर सोच्ने हो भने जो सुकैलाई पनि एकपटक ती शब्दले भावुक बनाउछ ।

उनको घर भएको स्थान भ्युडरबाट विद्यालयसम्म आउन एक घन्टा लाग्छ । तर विद्यालयको पढाइको अवस्था भने यो हविगत छ । दुइ वटा कक्षाका विद्यार्थीलाई एक जना शिक्षकले एउटै कक्षामा राखेर पढाउदा होहल्लाका कारण पढाई नबुझिने गरेको छात्रा रासकोटीको भनाई छ । ‘नानीले सबैलाई एउटै कोठामा राखेर मास्टरले पढाउछन भन्छे,’ दिपा रासकोटीका आमा(अभिभावक) रमा रासकोटीले भनिन् ‘ गञ्जागोलमा पढाउने भएकाले मेरी छोरीले केहि पनि जान्दीन ।’ छोराछोरीका लागि दुःख गरेको बताउने अभिभावक रमाले राम्रो शिक्षक, राम्रो पढाई र अलग अलग कक्षा कोठामा पढाउनु पर्ने माग गर्नुहुन्छ । २०१७ सालमा स्थापना भएको विद्यालयमा सम्बन्धित निकायको लापर्वाहीका कारण शिक्षक नहुँदा कलिला नानीको सपना दिनदिनै निमोठीएका छन् ।

हाम्रो बाध्यता हो : विद्यालय
यता विद्यालयका प्रधानाध्यापक मिनबहादुर केसीले एउटै कक्षामा राखेर पढाउनु रहर नभई बाध्यता भएको बताए । ‘हामीलाई पढाउन र विद्यार्थीलाई बुझ्नपनि गह्रो हुन्छ ,’ प्रधानध्यापक केसीले भने ‘एउटा कक्षालाई पढाउदा अर्कोलाई गृहकार्य दिन्छौ । शिक्षकै नभए गुणस्तरीय शिक्षा कसरी बनाउन सकिन्छ र ?’
गाउँपालिका र शिक्षक संगठनमा भने पनि कुनै सुनुवाई नभएको प्रअले गुनासो गरे । एक जना स्थायी दरवन्दी, एक जना राहत, एक जना बालविकास सहित विद्यालयमा ३ जना शिक्षक छन् । चारै तिर पहाडैपहाडले घेरिएको यस ठाउँमा पानीको पनि चरम अभाव छ ।

हामीलाई शिक्षक भर्ना गर्ने अधिकार छैन : गाउँपालिका

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगीले शिक्षक भर्ना गर्ने अधिकार नभएकाले केहि पनि गर्न नसकिने बताए । स्थानीय संचालन ऐन २०७४ अनुसार विगतमा काम गर्दा न्यायलयलेनै राकेको स्मरण गर्दै अध्यक्ष डाँगीले बालबालिकालाई दिवा खाजा दिने अधिकार बाह्यक केहि नभएको बताए । ‘ हामीलाई आठ कक्षाको परीक्षा गराउने अधिकार मात्रै दिएको छ ,’अध्यक्ष डाँगीले भने ‘ स्थायी गरेका शिक्षकलाई पोष्टिङ ग-यो भने पछि केही गर्न सकिन्छकि तर अलिहे त केहि गर्न सकिदैन । ’

(Visited 41 times, 1 visits today)
Loading comments...