मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

भोजपुर सदरमुकाममा आगलागी, ५२ लाखको क्षति

युवराज बिष्ट
5 days ago
16/05/2019

भोजपुर । भोजपुर सदरमुकामको पोखरेमा बिहिवार दिउँसो आगलागी हुँदा ५२ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय बखतवहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो । आगलागीबाट श्रेष्ठको किराणा पसल, नगद पाँच लाखसंगै सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीको भनाई छ । त्यस्तै आगो नियन्त्रण गर्ने क्रममा पासपासका दुई ओटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

साँघुरो बाटोको कारण नगरपालिकाको दम्कल जान नसेकेपछि नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण आएको थियो । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

(Visited 43 times, 1 visits today)
Loading comments...