शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

चीनमा विकिपिडियामाथि पनि लाग्यो प्रतिबन्ध !

एजेन्सी
2 months ago
16/05/2019

बेइजिङ । चीनमा गत अप्रिलदेखि नै सबै भाषाका विकिपिडिया प्रतिबन्धित गरेको पुष्टि भएको छ । विकिपिडिया फाउन्डेशनले चीनमा विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको बताएको हो ।

इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौं वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने बनाएको पत्ता लगाएका हुन् ।

चीनले पहिला चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजहरूलाई प्रतिबन्ध लगाएको थियो । अब अरु भाषाका पेज पनि नखुल्ने भएका छन् ।

तर त्यसबारे आफूले कुनै औपचारिक सूचना नपाएको विकिपिडियाले उल्लेख गरेको छ । एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले भनेको छ, ‘अप्रिलको अन्त्यतिर विकिपिडिया फाउन्डेशनले चीनमा विकिपिडिया खोल्न नकसिने निश्चित ग¥यो । हाम्रो ट्राफिक प्रतिवेदन राम्ररी विश्लेषण गरेपछि सबै भाषामा विकिपिडियालाई बन्द गरिएको हामी पुष्टि गर्न सक्छौं ।’

प्रयोगकर्ताहरूको विना पारिश्रमिक योगदान गरेर सम्पादन गर्ने यो विश्वज्ञानकोशलाई बेलाबेलामा केही सरकारहरूले आफ्नो देशमा नखुल्ने बनाइदिने गरेका छन् ।

सन् २०१७ मा टर्कीमा विकिपिडिया बन्द गरिएको थियो भने यो वर्ष भेनेजुएलामा बेलाबेलामा बन्द गरिएको थियो । चीनमा एम्नेस्टी इन्टरनेशनलको वेबसाइट, फेसबुक, ट्विटर र अन्य हजारौं वेबसाइट तथा एपहरू खोल्न सकिँदैन ।

इन्टरनेटको प्रयोगलाई नियन्त्रित गर्न चीनले ‘ग्रेट फायरवोल अफ चाइना’ बनाएको छ । केही वर्षअघि चीनले गुगललाई पनि बन्द गरिदिएको थियो । पछि चिनियाँ भाषाको गुगललाई नियन्त्रित रूपमा सञ्चालन हुन दिइएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...