मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

नेपाली बक्सिङ टिम भारत प्रस्थान

राजधानी समाचारदाता
3 days ago
18/05/2019

 

काठमाडौं। दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी जनाउन नेपाली टिम शुक्रबार गुवाहटीतर्फ प्रस्थान गरेका छन् । नेपाली बक्सिङ टोलीलाई  राष्ट्रिय खेलकुद परिषद् सदस्य अर्जुनबहादुर केसी, तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, सुरेशसिंह आलेले बिदाइ गरे ।

भारतको गुवाहटीमो १९ देखि २५ मेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई, ५४ केजीमा आर्मीकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपीएफकी संगीता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनेछन् । पहिलो संस्करणमा महिलातर्फ नेपालले २ कांस्य ल्याएको थियो । नेपाल आर्मीका खेलाडीद्वय विमला श्रेष्ठ र पुनम रावलले २४ राष्ट्रका खेलाडी सहभागिता जनाएको खेलमा नेपाललाई महŒवपूर्ण २ कांस्य दिलाएका थिए । त्यस्तै, पुरुषतर्फ ५२ केजीमा आर्मीका तेजबहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बू इजम, ६४ केजीमा पुलिसका भुपेन्द्र थापा, ६९ केजीमा एपीएफका विकास लामा र ९१ केजीमाथिको तौल समूहमा आर्मीका आषिश दवाडीले नेपालको प्रतिनिधित्व गदै प्रतिस्पर्धा गर्नेछन् ।

टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षकमा हरिषबहादुर चन्द र रमेशदास श्रेष्ठ रहेका छन् । टिमको व्यवस्थापकमा टंकराज राई रहेका छन् । पहिलो संस्करणमा नेपाल आर्मीबाट प्रतिनिधित्व गरेका नेपालका विमला श्रेष्ठ र पुनम रावलले कांस्य जितेका थिए । प्रतियोगितामा विश्वका २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

(Visited 17 times, 1 visits today)
Loading comments...