मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

मेलम्ची नगरपालिका मेयर कप खुला कराते प्रतियोगिता सुरु

राजधानी समाचारदाता
3 days ago
18/05/2019

काठमाडौं  । नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्ची नगरपालिका मेयर कप खुला कराते प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल गोजुरियो कराते संघका महासचिव तथा दक्षिण एसियाली कराते महासंघका सचिव बीआर मित्र, कराते प्रशिक्षक बिसनसिंह खड्का, अन्य कराते प्रशिक्षक र स्थानीय समाजसेवीका साथै वडाध्यक्षहरूको उपस्थिति थियो ।

दुइदिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समावेश छन् । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गिरीले जानकारी गराए । प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी राजनमान श्रष्ठले वहन गरेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक मेलम्ची मगरपालिका रहेको छ ।

(Visited 8 times, 1 visits today)
Loading comments...