मंगलवार ७ जेठ, २०७६ (Tuesday, 21st May 2019)
७ जेठ, २०७६ (21 May 2019)

ब्याडमिन्टन टोली चीन प्रस्थान

राजधानी समाचारदाता
3 days ago
18/05/2019

 

काठमाडौं ।  सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ ।

१९ देखि २६ मेसम्म हुने प्रतियोगितामा नेपालबाट समान दुई–दुई पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ र दिपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन् । प्रशिक्षकमा उत्तम सिम्खडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष अनोज बस्नेत छन् ।

प्रतियोगितामा दक्षिण एसियाका तीनसहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन संघले जनाएको छ । दक्षिण एसियाबाट नेपालसहित भारत र श्रीलंकाको सहभागिता रहनेछ ।

ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासंघ र ब्याडमिन्टन एसियाको वार्षिक साधारणमा भाग लिन चीन जानेछन् । अध्यक्ष श्रेष्ठ २१ मेमा  जाँदै छन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसँग चीन गएका छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले एक कार्यक्रमकाबीच बिदाइ गरेका थिए । साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबारै एक कार्यक्रमबीच टोलीको बिदाइ गरे ।

 

 

(Visited 12 times, 1 visits today)
Loading comments...