शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

विकट गाउँ तोप्पापानीमा एम्बुलेन्स र बर्थिङ सेन्टर

राजधानी संवाददाता
2 months ago
18/05/2019

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको विकट मानिने वडा नम्बर १९ तोप्पापानीमा एम्बुलेन्स सेवा र बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका हरेक नागरिकलाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।

उनले विकट वडालाई लक्षित गरेर तीनवटा एम्बुलेन्स आएको जानकारी दिँदै अन्य वडामा पनि वितरण गरिने जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार एम्बुलेन्स सेवामा ज्येष्ठ नागरिक, सुत्केरी ,अपांगतालाई ५० प्रतिशत छुट दिइनेछ ।

बर्थिङ सेन्टर स्थापना हुनुभन्दा अघि सुत्केरीका लागि तुलसीपुरमा रहेको प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता थियो । समयमै सुत्केरीलाई अस्पताल पु¥याउन नसक्दा केयौंको ज्यानसमेत जाने गरेको थियो । यसभन्दा अघि उपमहानगरपालिकाले फूलबारी, डुरुवा, उरहरी, मानपुर, पवननगरलगायतका ठाउँमा बर्थिङ सेन्टर स्थापना गरिसकेको स्वास्थ्य शाखा उपसंयोजक विष्णु गिरीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले जनताको स्वस्थ रहने अधिकारको रक्षा गर्नका लागि उपमहानगर प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पाण्डेले जनताको स्वास्थ्य राम्रो भए मात्रै विकास र समृद्धि सम्भव हुने बताए । उनले स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनका लागि उपमहानगरपालिकाले व्यवस्था गर्ने पनि बताएका थिए । ‘अब बच्चा जन्माउन नसकेर यस क्षेत्रमा कुनै पनि महिलाको मृत्यु हुनेछैन,’ नगर प्रमुख पाण्डेले भने ।

उनले बच्चा जन्माउन सक्ने सामान्य अवस्था भए बर्थिङ सेन्टरमै र जटिल भए एम्बुलेन्सले अस्पतालसम्म लैजान सहज हुने बताए । गाउँगाउँमा स्वास्थ्य केन्द्र स्थापनाका लािग आफूले गरेको चुनावी प्रतिबद्धता पूरा गर्दै गएको भन्दै नगरप्रमुख पाण्डेले जनताको आधारभूत आवश्यकता पूरा गर्नका लागि आफू कटिबद्ध रहेको बताए । तुलसीपुरलाई नमुना सहरका रूपमा विकास गर्नका लागि सबै जनताले नमुना काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

 

 

(Visited 10 times, 1 visits today)
Loading comments...