शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

फेरि बम आतंक, सप्तरी र रुपन्देहीमा विस्फोट

राजधानी समाचारदाता
2 months ago
18/05/2019

काठमाडौं । मुलुकमा फेरि बम आतंक सुरु भएको छ । गएराति सप्तरी र रुपन्देहीमा बम विस्फोट भएको हो । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घर नजिकको प्रतिक्षालयमा गए राति भएको प्रेसर कुकर बम विष्फोटबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचर जलेर नष्ट भएको छ । सो विस्फोटमा परी उनका काका श्याम गोइत घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

उता, रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोला नजिकै पनि बम बिस्फोट भएको छ । बिस्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रुपन्देहीकै ओमसतिया गाउँपालिका १ कटैयामा राखिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...