शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

पाकिस्तानलाई ह्वील चियर एसिया कप उपाधि

राजधानी समाचारदाता
5 months ago
19/05/2019

काठमाडौं। पाकिस्तानले पहिलो संस्करणको ह्वील चियर एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा भारतले दिएको २ सय ११ रनको विजयी लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । पाकिस्तानको जितमा मोहम्मद लातिफले अविजित १ सय ५६ रनको शतकीय इनिङ्स खेले । उनले ६८ बलमा २७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, मोहम्मद फायज र सायद अहमिदले समान १५–१५ रनको योगदान दिए । भारतका सौरभ मालिकले २ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रनको योगफल तयार पारेको थियो । भारतका सौरभ मालिकले १ सय ४ रनको शतकीय इनिङ्स खेलेका थिए । निखुल प्रजापतिले ६३ रनको योगदान दिए । विश्वनाथ गुरवले २३ रन जोडे । पाकिस्तानका सायद अस्राल अहमेद र एदनान निसाले समान १ विकेट लिए । उपाधि विजेता पाकिस्तानले ६० हजार रुपैयाँ हात पा¥यो । उपविजेता भारतले ३० हजारमा चित्त बुझायो ।

प्रतियोगितामा पाकिस्तानका मोहम्मद तालिफ म्यान अफ द सिरिज घोािषत भए । उनले ५ हजार रुपैयाँ पाए । पाकिस्तानकै मुहाम्मद लातिफ बेस्ट ब्याट्सम्यान घोषित भए । भारतका सौरभ मलिक बेस्ट बलर घोषित भए । उनीहरूले समान ३ हजार ५ सय रुपैयाँ पाए । बेस्ट फिल्डर भएका भारतकै लक्ष्मण विरहाडेले ३ हजार रुपैयाँ पाए ।

नेपाल ह्वीलचियर क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा भारत शीर्ष र पाकिस्तान दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपाल र बंगलादेश भने लिग चरणबाटै बाहिरिएका थिए ।

(Visited 16 times, 1 visits today)
Loading comments...