शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

तरकारी खेतीबाटजी विकोपार्जन

राजधानी समाचारदाता
5 months ago
19/05/2019

 

बैतडी । बैतडीको सुर्नया गाँउपालिका–७ पथ्थरकोट छिडा मालमका दानबहादुर मडैले १२ वर्ष भारतमा मजदुरी गरे । त्यहाँको कमाइले चित्त बुझाउन सकेनन् । भारतमा कमाएकै रकको साहारामा उनी तीन वर्षका लागि मलेसिया पुगे । तीन वर्षसम्म मलेसियामा रहँदा उनले ४ लाख रुपैयाँ कमाइ गरे । मलेसियाबाट फर्किए लगत्तै उनले गाउँमा तरकारी खेती गर्न सुरु गरे ।

२०७२ सालदेखि तरकारी खेती गर्न थालेका उनी अहिले हरेक वर्ष ५ लाख बढी कमाउँछन् । उनले भने, ‘म विदेशबाट फर्किएलगत्तै व्यावसायिक तरकारी खेतीमा लागे, आलु, काउली, बन्दा, मुला, गाँजर, रायोजस्ता साग तरकारी उत्पादन गर्नतर्फ लागें, म एक सिजनमा ९० क्विन्टल आलु फलाउँछु ।’

अहिले आफूले वार्षिक ५ लाखभन्दा बढी कमाउने गरेको उनी बताउँछन् । भारतमा सात वर्ष चौकीदार र ५ वर्ष होटेलमा काम गरेको उनी बताउँछन् । यस्तै, मलेसियमा हवाईजहाजको पार्टपुर्जा बन्ने कम्पनीमा काम गरेका मडै भन्छन, ‘मलेसियामा मैले १८ घण्टा काम गरें, तीन वर्षमा ४ लाख मात्रै कमाएँ ।

त्यो पैसा ऋण तिर्न पनि पुगेन । अहिले चार वर्ष तरकारी खेती गरेर ८ लाख रुपैयाँ बैंकमा जम्मा गरेको छुँ । यो पैसाले म आधुनिक किसिमको घर बनाउने सोचमा छु,’  उनले भने ।

मडैलाई अहिले मलिलो माटो, तरकारीका बोटहरू र लटरम्म फलेको तरकारी जति प्रिय अरू चिज लाग्दैन । उनी सफल कृषकका रूपमा देशभर चिनिन चाहन्छन् । तरकारी व्यवसायीका रूपमा अरूका अगाडि प्रस्तुत हुनुमै उनी अत्यधिक खुसी मान्दछन् ।

 

(Visited 28 times, 1 visits today)
Loading comments...