बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

पुष्पलालपार्कदेखि चम्पादेवी डाँडासम्म केबुलकार सञ्चालनमा ल्याउँछौं

प्रशान्त वली
1 month ago
19/05/2019

 

 

रमेश महर्जन
प्रमुख, कीर्तिपुर नगरपालिका

कीर्तिपुर नेपालको इतिहासमा विशिष्ट पहिचानसहित अघि बढिरहेको ऐतिहासिक नगरी हो । नेवार जातिको मुख्य बसोबास रहेको यस नगरीलाई हरितमैत्री नगरीका साथै सुन्दर, सफा र व्यवस्थित बसोबासयुक्त नगरी बनाउने काम अघि बढिरहेका छन् । नगरपालिकाको विकास कार्यक्रम, भावी योजना र चुनौतीका विषयमा केन्द्रित रही नगरपालिकाका प्रमुख रमेश महर्जनसँग राजधानी सहकर्मी प्रशान्त वलीले गरेको कुराकानीको सम्पादित अंश : 

 

तपाईं कसरी अघि बढ्दै हुनुहुन्छ ?

म २०७४ जेठ ८ गते नगरपालिकाको प्रमुखका रूपमा पदस्थापन भएँ । अहिले तेस्रो वर्ष भइसकेछ । हामीले नगरपालिकालाई राम्रो र हाम्रो बनाउन लागि परेका छौं । मुख्यतः भौतिक पूर्वाधारलाई प्राथमिकता दिएका छौं । यस्तै शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारका विषयलाई पनि जोड दिँदै अघि बढेका छौं । नगरपालिकालाई समृद्ध बनाउने अभियानमा छौं । यस अभियानमा सबै सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढिरहेका छौं । सबै पक्षको सक्रिय सहयोग र साथ हुने हो भने हामी कीर्तिपुरलाई मुलुककै नमुना नगरका रूपमा स्थापित गर्न सफल हुनेछौं ।

 

अहिलेसम्म भौतिक पूर्वाधारतर्फ केके काम गर्नुभयो ?

भौतिक पूर्वाधारतर्फ सडक विस्तार गर्ने, नयाँ बाटो खोल्ने काम गरेका छौं । कीर्तिपुरस्थित नयाँ बजारलाई पूर्णरूपमा व्यवस्थित गर्ने प्रक्रियामा अघि बढेका छौं । कीर्तिपुर गेटअगाडि सडक पिच गर्ने काम भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समितिको समन्वयमा बल्खु–कोरिडोर दुई किलोमिटर सडक निर्माण भएको छ । भाजङगल–इन्चु दुई किलोमिटर सडक खोलेका छौं । बाटो खोल्ने काम तीव्र रूपमा अघि बढिरहेको छ । नगरपालिकालाई समृद्ध बनाउन हामी निरन्तर रूपमा दत्तचित्त भएर लागिपरेका छौं । भत्क्यापार्टीदेखि नुवागाउँसम्म बृहत् ढल निर्माण कार्य पनि भएको छ ।

ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार पनि उपलब्ध गराउने कुराको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

सामाजिक सेवाअन्तर्गत ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाएका छौं । वृद्धवृद्धा अनुभवका भण्डार भएकाले सामाजिक सेवाअन्तर्गत उहाँहरूलाई समेट्दै अघि बढेका हौं । यसैगरी, यस क्षेत्रअन्तर्गत रहेका १३ वटा विद्यालयमा नगरपालिकामार्फत २ सयवटा कम्प्युटर निःशुल्क रूपमा उपलब्ध गराइएको छ । जसकारण विद्यार्थीहरूलाई प्रविधिले पनि तानोस् भन्ने ध्येय हो । विद्यालयमा इलेक्ट्रोनिक्स हाजिरी सिस्टम लागू भएको छ ।
विभिन्न विद्यालयमा स्वयंसेवक शिक्षक पनि खटाइएको छ । दरबन्दी नपुगेको ठाउँका विद्यालयमा शिक्षकको समस्या हुन नदिन स्वयंसेवक शिक्षक खटाइएको हो । गुणात्मक शिक्षा हाम्रो प्रतिबद्धता हो । यस नगरपालिकामा रहेका पोखरीहरूको संरक्षण र प्रवद्र्धन गर्नतर्फ हामी लागि परेका छौं । हामीले ती पोखरी ब्युटिसियनको काम सुरु गरिसकेका पनि छौं । कीर्तिपुरको बाघभैरवनजिक रहेको युद्ध स्मारक पार्क निर्माणको चरणमा छौं । त्यसका लागि डीपीआर भइसकेको छ । नेपाल ललित कला परिषद्को समन्वयमा केही दिनअघि मात्रै १५ दिने मूर्ति कार्यशालासमेत भएको थियो । ३५ वटा मूर्ति बनेका थिए । ती बनेका मूर्तिहरूको प्रतिस्थापनको काम अब छिट्टै हुन्छ ।

 

 

 

मेरो मुख्य प्राथमिकता भनेको पूर्वाधार क्षेत्र नै हो । पूर्वाधारमा लगानी गरियो भने विकासका गतिसमेत तीव्र रूपमा अघि बढ्छन् । यस्तै सामाजिक क्षेत्र, अपांगताको क्षेत्रलाई पनि विकासका लागि प्राथमिकताका साथ अघि बढाएको छु । कीर्तिपुरका निजी क्षेत्रसँगको सहकार्यमा फोहोरमैला व्यवस्थापनको कामसमेत अघि बढिरहेको छ । हामीले समयसमयमा निजी क्षेत्रसँगको सहकार्यमा सरसफाइ अभियान सञ्चालन गरिरहेका छौं । पुष्पलालपार्कदेखि चम्पादेवी डाँडासम्म केबुलकारको सम्भाव्यता अध्ययनका लागि वान्टेड आह्वान गरिसकेका छौं

 

 

कीर्तिपुर गेटअगाडि सडक पिच गर्ने काम भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समितिको समन्वयमा बल्खु–कोरिडोर दुई किलोमिटर सडक निर्माण भएको छ । भाजङगल–इन्चु दुई किलोमिटर सडक खोलेका छौं । बाटो खोल्ने काम तीव्र रूपमा अघि बढिरहेको छ । नगरपालिकालाई समृद्ध बनाउन हामी निरन्तर रूपमा दत्तचित्त भएर लागि परेका छौं

 

 

तपाईंको पहिलो प्राथमिकता के हो ?

मेरो मुख्य प्राथमिकता भनेकै पूर्वाधार क्षेत्र नै हो । पूर्वाधारमा लगानी गरियो भने विकासका गतिहरूसमेत तीव्र रूपमा अघि बढ्छन् । यस्तै सामाजिक क्षेत्र, शैक्षिक विकास, अपांगता भएकाहरूको सशक्तीकरण र सबलीकारणलाई पनि प्राथमिकतामा राखेको छु । कीर्तिपुरका निजी क्षेत्रहरूसँगको सहकार्यमा फोहोरमैला व्यवस्थापनको कामसमेत अघि बढिरहेको छ । नगरपालिकाले समय–समयमा निजी क्षेत्रसँगको सहकार्यमा सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेका छौं । पुष्पलालपार्कदेखि चम्पादेवी डाँडासम्म केबुलकारको सम्भाव्यता अध्ययनका लागि वान्टेड आह्वान गरिसकेका छौं । हाम्रो चाहना भनेको पर्यटकहरूको आकर्षको केन्द्रबिन्दु कीर्तिपुर बनोस् भन्ने हो ।

 

प्रतिबद्धता कार्यान्वयन भए त ?

मैले गरेको प्रतिबद्धताअनुसार नै कार्यक्रम क्रमिक रूपमा अघि बढाइरहेको छु । ‘कीर्तिपुरको इतिहास’ नामक पुस्तकसमेत नगरपालिकाले प्रकाशन गरेको छ । सो पुस्तकमा कीर्तिपुरको ऐतिहासिक, सांस्कृतिकलगायतका विविध विषय समावेश गरिएको छ । यस्तै महिलालाई रोजगार सिर्जना गर्ने कार्यक्रमसमेत यस नगरपालिकाले अघि बढाएको छ । महिला रोजगार उन्मुख बनाउन विभिन्न तालिम प्रदान गर्दै आएका छौं । रोजगारीको वातावरण सिर्जना गर्ने पनि हाम्रो ध्येय हो । मेरो कीर्तिपुर, समृद्ध कीर्तिपुर भन्ने अभियानलाई सार्थकता दिलाउन हामी निरन्तर रूपमा खटिरहेका छौं । कीर्तिपुरलाई सफा, स्वच्छ, हराभरा बनाउने अभियानमा छौं । हाम्रो अभियानमा सबै सरोकारवाला निकायले साथ दिइरहनुभएको छ ।

 

कीर्तिपुरमा विविध सांस्कृतिक धरोहर छन् नि होइन ?

हो, कीर्तिपुरमा विविध सांस्कृतिक धरोहरहरू छन् । त्यसको संरक्षण र प्रवद्र्धन गर्न लागिरहेका छौं । साथै मर्मत सम्भार पनि भइरहेको छ । मन्दिरमा सजिएका अमूर्त कलाहरूको संरक्षण, लोकबाजा, संस्कृतिको संरक्षण गर्न बजेटसमेत पर्याप्त मात्रामा विनियोजन गर्दै आइरहेका छौं । अहिले बिस्तारै हाम्रो क्षेत्रमा पर्यटकहरूको आगमन हुने क्रम सुरु पनि भएको छ । उनीहरूको बसोबासका लागि केहीलाई होमस्टे तालिमसमेत दिएका छौं । काठमाडौंको ठमेलदेखि कीर्तिपुरसम्म निःशुल्क साइकल सेवा (फ्री भेहिकल सर्भिस) गराउँदै आइरहेका छौं । हाम्रो उद्देश्य पर्यटनमार्फत आर्थिक सशक्तीकरण र सबलीकरण पनि हो ।

 

तपाईंको लक्ष्य के हो ?

हाम्रो लक्ष्य कीर्तिपुरलाई ग्रिन सिटी बनाउने हो । त्यसका लागि अबको केही वर्षभित्रै वातावरण अनुकूल सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाउने सोच छ । यस्तै व्यवस्थित बसोबासलाई समेत उच्च प्राथमिकतामा राखेको छु । अर्थतन्त्रलाई पर्यटनसँग जोड्न नितान्त आवश्यक छ । पर्यटनको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुन सक्छ । हामी बिस्तारै पर्यटनतर्फ उन्मुख हुने सोचमा पनि छौं ।

चुनौतीहरू के देख्नुहुन्छ ?

चुनौती आफैंमा छ । नगरपालिकाको ब्युरोक्रेसी हामीले कतिसम्म नगरवासीलाई कन्भिन्स गर्न सक्छौं भन्ने कुरामा निर्भर पर्छ । हामीकहाँ दक्ष जनशक्तिको अभाव छ । सरकारले दुई जना इन्जिनियरको मात्रै दरबन्दी दिएको छ । अर्कोतर्फ सिंहदरबारमा बस्नेहरूले कीर्तिपुरलाई टाढाको नजरले हेर्छन् कि भन्ने भान भएको छ ।

 

(Visited 778 times, 1 visits today)
Loading comments...