शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

सेरोगेसीबाट किमको चौथो बच्चा

एजेन्सी
5 months ago
19/05/2019

लस एन्जलस ।   सन्तान जन्माउनुको सट्टा हलिउडका कलाकारहरूले अरूको गर्भ भाडामा लिएर सन्तान जन्माउने क्रम बढेको छ । यसै क्रममा हलिउड अभिनेत्री एवं मोडल किम कार्दसियनले सरोगेसी (कोख भाडामा लिएर) चौथो सन्तान जन्माएकी छन् । आफ्नो डिम्बमार्फत चिकित्सक प्रणालीबाट उनले यो सन्तान जन्माएकी हुन् ।

यो बच्चा जन्मिएको एक साता भएपछि उनले जन्मदिने आमाबाट आफ्नो बच्चा ग्रहण गरेकी छन् । किमले यो बच्चाको नाम पसल्म वेस्ट राखेकी छन् । यसअघि किम र उनका पति कान्येका तीन सन्तान सिकागो, सेन्ट र नर्थ छन् । यो उनको चौथो बच्चा हो ।

आफ्नो चौथो सन्तान घर आएको र उनको स्वास्थ राम्रो भएको किमले ट्विट गर्दै जानकारी गराएकी छन् । उनले यसअघि छोरी सिकागो पनि सेरोगेसी पद्दतिबाट जन्माएकी थिइन् । पाठेघरमा समस्या भएका महिलाले अरूको कोख भाडामा लिएर सेरोगेसी सन्तान जन्माउने गरे पनि सेलिब्रेटीहरूमा सेरोगेसी सन्तान जन्माउने क्रम बढेको छ ।

अभिनेत्री किम र फेसन डिजाइनर तथा ¥यापर कान्येले सन् २०१४ मा विवाह गरेका हुन् । यसअघि दुईवटा विवाह टुटेपछि तेस्रो पतिका रूपमा किमले कान्येसँग बिहे गरेकी हुन् ।

 

 

(Visited 206 times, 1 visits today)
Loading comments...