शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

राजधानीमा माइन्ड म्यानेजमेन्ट

राजधानी समाचारदाता
5 months ago
20/05/2019

काठमाडौं ।   राजधानी दैनिकमा स्वामी धु्रवले माइन्ड म्यानेमेन्ट प्रशिक्षण दिएका छन् । राजधानी दैनिकका पत्रकारहरूलाई तनावमुक्त गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । स्वामी धु्रवले खानपान, निद्रा र आनन्दका कारण दैनिक कार्यमा फरक पर्ने बताएका थिए । उनले पत्रकारहरूलाई ध्यानसमेत गराएका थिए ।

उनले जीवनको शक्तिको स्रोत खाना, सुताइ र शान्ति भएकाले देशका चौथो अंगका रूपमा रहेका पत्रकारका लागि माइन्ड म्यानेजमेन्ट महŒवपूर्ण रहेको बताए । उनले आहार, निद्रा र ध्यानको विषयमा प्रवचनसमेत दिएका थिए । सो कार्यक्रममा राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डित, राजधानीडेली डटकमका सम्पादक धु्रव लम्साललगायतको उपस्थिति थियो ।

स्वामी धु्रवले भने, ‘चपाएर खाने बानी बसाल्नुपर्छ । बढी चिसो र तातो नखाने, बिहान उठेपछि दुई घन्टाभित्र खाने, राति सुत्नु दुई घण्टाअघि खाइसक्नुपर्नेछ ।’ उनले दैनिक ध्यान गर्नाले आनन्द प्राप्त हुने बताए ।

(Visited 16 times, 1 visits today)
Loading comments...