शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

उखु किसानको अनशनमा नगरप्रमुखको सहभागिता

राकेश गुप्ता
5 months ago
20/05/2019

 
सर्लाही । सर्लाहीमा उखु किसानले आइतबारदेखि मलंगवामा सुरु गरेको रिले अनशनमा नगरप्रमुखले पनि सहभागिता जनाएका छन् । उखु किसानसँगै बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंह, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपालका केन्द्रीय सहमहामन्त्री राकेश मिश्रसमेत अनशनमा बसेका छन् ।

राजपाका सहमहामन्त्री मिश्रकै नेतृत्वमा किसानले ३१ वैशाखमा जिल्ला प्रशासन कार्यालय मलंगवामा ७२ घण्टा अर्थात् तीन दिनभित्र भुक्तानी उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाएको एक साता हुँदासमेत भुक्तानी दिलाउन पहल नभएपछि रिले अनशन सुरु गरिएको उखु किसान संघर्ष समिति क्षेत्र नम्बर ४ का अध्यक्ष एवं उखु किसान रामसोगारथ राय यादवले बताए ।

जिल्लाको दक्षिणी भेगस्थित अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमले विगत तीन सिजनदेखिको र यसै वर्षदेखि सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योग बगदहले उखु क्रसिङ सकेर बन्द हुँदासमेत एक पैंसासमेत नदिएपछि उखु किसान आन्दोलित भएका हुन् । आफूले उखु किसानको भुक्तानी दिलाउन उद्योगीसँग सक्दो पहल गरिरहेको र उद्योगी सम्पर्कमा आउन नचाहे पनि कर्मचारीस्तरमा भने यसबारेमा संवाद भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारी द्रोण पोखरेलले  बताए ।
किसनाले चिनि मिलद्वारा आफू खुसी कायम गरेको मूल्य खारेज गरी नेपाल सरकारद्वारा निर्धारित प्रतिक्विन्टल ५३६ रुपैयाँ २८ पैसा कायम गर्न, उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म दालटाको नाममा काटिएको रकमसमेत भुक्तानी गरलगायतको माग राख्दै रिले अनशन सुरु गरेका हुन् ।
चिनी उद्योगमा उखु बिक्री गरेको लामो समय भए पनि भुक्तानी नपाएको भन्दै उखु किसानले मलंगवास्थित शहीद चोकमा अनिश्चितकालीन रिले अनशन सुरु गरेका छन् ।

(Visited 54 times, 1 visits today)
Loading comments...