शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

नेपालको कमजोर सुरुवात

राजधानी समाचारदाता
5 months ago
20/05/2019

 

काठमाडौं। चीनको नानिङ सहरमा सुरु भएको टोटल बीडब्लूएफ सुदिरमान कप–२०१९ मा नेपालले कमजोर सुरुवात गरेको छ । टोटल बीडब्लूएफ सुदिरमान कप–२०१९ मा डेब्यु खेल खेलिरहेको नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले पराजत भएको हो ।

मिक्स डबल्स्मा दीपेश धामी र अमिता गिरीको जोडी चोले मागी र साम मागीको जोडीसँग २१–६ र २१–४ ले पराजित भयो । पुरुष एकलमा नेपाल नम्बर वान रत्नजित तामाङ नाथ न्युहेनसँग २१–१२ र २१–१४ को सेटमा पराजित हुँदा महिला एकलमा नङ्सलदेवी तामाङ काटे फ्रस्टसँग २१–१९ र २१–९ ले पराजित हुन पुग्यो ।

पुरुष डबल्समा रत्न र दीपेशको जोडी साम मागे र नाथ न्युहेनको जोडीसँग २१–१६ र २१–१६ ले पराजित भयो । महिला डबल्समा नङ्सदेवी तामाङ र अमिता गिरीको जोडी रचेल डराग र काटे फ्रस्टको जोडीसँग २१–२ र २१–५ को सोझो सेटमा पराजित भयो । नेपालले अब मंगलबार न्युजिल्यान्डसँग तथा बुधबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतियोगिताका लागि चार खेलाडी र दुई अफिसियलसहितको ६ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

नेपाली टोलीले मिक्स टिम च्याम्पियनसिपअन्तर्गतको ५ विधामा प्रतिस्पर्धा गर्नेछ । जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स रहेका छन् ।

एक राष्ट्रले पाँचै विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ । पाँचमध्ये ३ विधामा खेलमा जित हात पारे टोली च्याम्पियन बन्नेछ ।

 

 

(Visited 14 times, 1 visits today)
Loading comments...