बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

मनाङको झन्डा सगरमाथामा

राजधानी समाचारदाता
1 month ago
20/05/2019

काठमाडौं । कर्मा तेन्जिङ न्याङ्मीले घरेलु फुटबलको सबैभन्दा सफल र चर्चित क्लब मनाङ–मस्र्याङ्दी क्लबको लोगो अंकित झन्डा सगरमाथामा फहराएका छन् । मनाङका संस्थापक सदस्य कालु तेन्जिङ गुरुङका छोरा कर्मा तेन्जिङ न्याङ्मीले १५ मेमा १ बजेर ५ मिनेटमा मनाङको लोगो अंकित झन्डा सगरमाथामा फहराएका हुन् ।

उनले गृह जिल्ला मनाङको क्लब र आफ्नो सबैभन्दा लोकप्रिय क्लब नै मनाङ रहेकाले झन्डा फहराउन पाउँदा खुसी लागेको बताए ।

उनले आफ्नो इच्छा मनपर्ने क्लब मनाङलाई अझै विश्वले नै चिनोस् भन्ने रहेको र त्यो पूरा भएको बताए । पर्वतारोही कर्मा काठमाडौं भ्याली स्कुलका अध्यक्षसमेत हुन् । मनाङ २०७५ को ‘ए’ डिभिजन लिग च्याम्पियन हो । मनाङले कीर्तिमानी सातपटक ‘ए’ डिभिजन लिग जितेको छ । लिग च्याम्पियन भएको मनाङले अहिले एसियाको दोस्रो स्तरको एएफसी कप खेलिरहेको छ । समूह ‘ई’ मा रहेको मनाङ ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ ।

 

 

(Visited 128 times, 1 visits today)
Loading comments...