बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

कांग्रेसले बनायो छाया सरकार, यी हुन् मन्त्री (सूचीसहित)

राजधानी समाचारदाता
4 weeks ago
20/05/2019

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकार गठन गरेका हुन् । संसदीय शासन व्यवस्था भएका मुलुकमा छाया सरकार बनाउने प्रचलन रहेको छ । तत्कालीन नेकपा एमालेले २०४८ सालमा छायाँ सरकार बनाएको थियो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले हरेक मन्त्रालयस्तरीय समन्वय समिति गठन गरिएको जानकारी दिएका छन् । समितिमा संयोजक र दुई जना सदस्य तोकिएको छ । उनीहरुले मन्त्रालयको कामकारबाहीको निरगानी गर्नेछन् ।

सरकारले संविधान, विधि र प्रक्रिया मिचेको, जनतालाई सुविधा दिन नसकेको, अनियमिता, भष्टाचार बढेको कांग्रेसको आरोप छ ।

‘नारा र भाषणमा सुशासन भनेपनि जनताले अनुभूत गर्न सकेका छैनन्,’ कांग्रेस प्रमुख सचेतक खाँड भन्छन्, ‘त्यसैले सरकारले कामहरुको सुक्ष्म निगरानी र दबाव सृजना गर्न खोजेका हौं ।’

पार्टी सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा बनेको छाया सरकारमा दिलेन्द्रप्रसाद बडू गृह मन्त्रालयस्तरीय समितिको संयोजक बनेका छन् ।

यस्तै मिनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की उर्जा संयोजक छन् । उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, बाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्रालस्तरीय समितिको संयोजक तोकिएका छन् ।

छाया सरकारको खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

यस्तै भूमिसुधार मन्त्रालयमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्री तोकिएको छ ।

(Visited 342 times, 1 visits today)
Loading comments...