मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

वातावरण संरक्षणविधेयक संसदमा

राजधानी समाचारदाता
4 months ago
21/05/2019

काठमाडौं। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण विधेयक २०७५’ प्रतिनिधिसभा बैठकमा पेश गरेका छन्् । वातावरण संरक्षण र सम्बद्र्धनार्थ सरकारले वातावरण संरक्षण ऐन २०५३ संशोधन गरी नयाँ विधेयक संसद्मा पेश गरेको हो ।

प्रतिनिधिसभा सोमबारको बैठकमा पेश विधेयकमा वन तथा वनजन्य वस्तु संरक्षण, सम्बद्र्धन तथा दीगो व्यवस्थापन गरी वातावरण जलाधार एवं जैविक विविधता संरक्षणका साथै वन पैदावार सदुपयोग र जनताको वन पैदावारजन्य आवश्यकता पूरा गर्न कानुनी व्यवस्था आवश्यक भएकाले वनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न विधेयक बनाइएको उल्लेख छ ।

विधेयकमा वातावरण सफा र स्वच्छ बनाउन काठमाडौं उपत्यका र अन्य सहरमा ‘कुन कुनखाले उद्योग खोल्न पर्छ’ भन्ने पहिले नै सूची बनाउनुपर्ने पनि उल्लेख गरिएको छ ।

यसैगरी, मानवबस्ती भएको ठाउँमा ‘कस्तो खाले उद्योग खोल्ने ?’ भन्ने विधेयकले स्पष्ट नपारेको संसादहरूले बताएका छन्् ।

त्यस्तै, विधेयकले उद्योगको वातावरणीय अध्ययन केन्द्रीय सरकार तथा स्थानीय सरकार दुबैले गर्ने भनिएकाले दुईमध्ये एकले मात्र गर्नुपर्नेलगायतमा विरोध जनाउँदै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले विरोधको सूचना जारी गरेका थिए ।

विधेयकमा रहेको वातावरण संरक्षण अधिकृतलगायतका अन्य केही प्रावधान सम्बन्धमा आलोचना भइरहेको छ । सरकारले ल्याएको विधेयकमा धेरै विषय संशोधन गर्नुपर्ने सरोकारवालाले उठाउँदै आएका छन्् ।

वातावरण संरक्षण क्षेत्रमा लागेका संघसंस्थाले वातावरण र विकास एकसाथ अघि बढाउनुपर्नेमा विकासका नाममा वातावरण विनास भइरहेको भन्दै आपत्ति जनाइरहेका छन्् । सांसदहरूले भने विधेयकमा तीनै विषय समेटेर संशोधन प्रस्ताव राख्ने तयारी गरेका छन्् ।

(Visited 28 times, 1 visits today)
Loading comments...