शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

खेलाडी सम्मानित

राजधानी समाचारदाता
5 months ago
21/05/2019

काठमाडौं  ।  काठमाडौं युरो स्कुल, गोंगबु, बानियाँटारले पदक विजेता खेलाडीत्रय आर्यमन भण्डारी, शिवा भण्डारी र आरती भण्डारीलाई सोमबार सम्मान गरेको छ ।

तीनै खेलाडीले गत वैशाखमा ललितपुरमा भएको प्रथम वडाध्यक्ष खुला राष्ट्रिय कराते प्रतियोगिताको आआफ्नो स्पर्धामा स्वर्ण जितेका थिए । तीनै खेलाडीले युरो स्कुलका कराते खेलाडीलाई प्रशिक्षण पनि दिइरहेका छन् । एकै परिवारका उनीहरूलाई टोखा नगरपालिका–८ का अध्यक्ष केशवबहादुर खत्री, युरो स्कुल निर्देशक राजन कार्कीलगायतले एक कार्यक्रम सम्मान गरे ।

 

(Visited 24 times, 1 visits today)
Loading comments...