बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

(अपडेट) पाँचथर हत्याकाण्डकी प्रत्यक्षदर्शी घाइते बालिका भन्छिन् – अनुहार छोपेका मान्छे आएर धमाधम काट्न थाले

राजधानी संवाददाता
4 months ago
21/05/2019

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारका चार जनाको हत्या भयो । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको हत्या भएको हो । सो घटनामा १२ वर्षीया एक बालिकाले भने भागेर ज्यान जोगाएकी छन् । घटनाकी प्रत्यक्षदर्शी ती बालिका मात्रै हुन् ।

ती बालिका सीता खाजुमका अनुसार, हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर आएका थिए । कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेको र आफू भाग्न सफल भएको उनको भनाइ छ ।

घाइते बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइते भएर उपचार गराइरहेकी सीताले प्रहरी सामू भनेकी छन्, ’पालैपालो सबैलाई हानेर भागे ।’

सदरमुकाम फिदिमबाट ६० किलोमिटर टाढा रहेको सो स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएको थियो ।

स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ । धनराजका परिवारको शव घरभित्रै र बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो ।

हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन् ।

(Visited 672 times, 1 visits today)
Loading comments...