सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा आठ घाइते

2 years ago

accident-logo-1441030167-8

कञ्चनपुर, २४ कात्तिक

विद्यार्थी बोकेर ल्याउँदै गरेको म१ख ६०७ नंको चन्द्रसूर्य बोर्डिङ स्कुल झलारीको बस बेलौरी राजमार्गको दुलैना नजिकको चितौरा खोलानजिक आज दुर्घटना हँुदा आठजना घाइते भएका छन् ।

घाइते हुनेमा सात विद्यार्थी र एक शिक्षक रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताउनुभयो । घाइते सबैको झलारीस्थित निजी क्लिनिकमा उपचार भइरहेको छ ।

घाइते सबै खतरामुक्त रहेको बताइन्छ । टिप्परले नाधेर जान खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परलाई अस्थायी प्रहरी चौकी बन्साहाले नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार छन् । रासस