बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जना घाइते

राकेश गुप्ता
4 weeks ago
21/05/2019

सर्लाही । सर्लाहीमा छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाईते भएका छन । ईश्वरपुर र बलरा नगरपालिकामा गए साझ दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगर भित्रीसडक खण्डमा बयलवासबाट रामनगर तर्फ जाँदै गरेको ना.५४ प.४५८४ नं.को मोसाले सोही वडा बस्ने ७० वर्षीया गोविया देवी सुडीलाई ठक्कर दिँदा घाइते भएकी छन् ।

घाइते महिलाकी अमृत हेल्थ केयर वयलवासमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुराने मेडिकल क्लेज चितवन, भरतपुर रिफर गरिएको छ । माटरसाइकल चालक चन्द्रनगर वडा नं. १ किसनपुर बस्ने कृष्णनन्दन महतो ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा रहेको प्रहरीले जनाए ।

यता ईश्वरपुरकै वडा नं. ७ कोठाटोल भित्री सडक खण्डमा वयलवासबाट कोठाटोल तर्फ जाँदै गरेको बा.९१ प.३२८० नं.को मोसा आफैँ अन्तन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक वडा नं. १३ बस्ने ५५ वर्षीय तामेश्वर महतो घाइते भएका हुन् । घाइते भएकाका महतोको अमृत हेल्थ केयर वयलवासमा उपचार पश्चात थप उपचारको लागि के एम सि अस्पताल काठमाडौ पठाईएको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।

त्यस्तै बलरा वडा नं. १० सुदामा स्थित सुदामाबाट बिरामी भइ उपचारको लागि भारतको रिगा जाने क्रममा वि आर ०६ ए भि ९२७६ नम्वरको मोटरसाइकल लड्दा मोटरसाइकलमा पछाडी सवार सोहि वडा बस्ने ६० वर्षीया किशोरी देबी सिंहलाई टाउकोमा चोट लागि गम्भिर घाइते भएकी छन् । घाइते महिलाको नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

(Visited 20 times, 1 visits today)
Loading comments...