सोमवार ११ चैत्र, २०७५ (Monday, 25th March 2019)
११ चैत्र, २०७५ (25 March 2019)

अमेरिकाको ४५ औं राष्ट्रपतिमा ट्रम्प विजयी

2 years ago
09/11/2016

trump-ugh

राजधानी समाचारदाता
काठमाडौं, २४ कात्तिक

अमेरिकी राष्ट्रपतिमा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प आगामी चार वर्षका लागि ४५ औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सर्वेक्षणहरुले हिलारी अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने पक्का जस्तै भएको औंल्याए पनि ट्रम्पको पक्षमा यो आश्चर्यजनक परिणाम आएको हो ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । उनले २७६ मत ल्याइसकेका छन् । जब कि उनका प्रत्यासी हिलारीले २१८ मात्र ल्याएका छन् । जारी मतगणनामा पनि ट्रम्पले निकै अग्रता लिइरहेका छन् । यसले ट्रम्प र हिलारीबीचको मतअन्तर निकै बढ्ने देखिन्छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...