बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

स्तरीय प्रहरी सेवाको आवश्यकता

श्रीप्रसाद प्रसाई
4 months ago
22/05/2019

 

श्रीप्रसाद प्रसाई

नेपाल प्रहरीलाई समयानकूल प्रभावकारी सेवा प्रदायक संस्थाका रूपमा विकसित गर्ने प्रयास बराबर हुँदै आएका छन् । प्रहरीलाई व्यावसायिक रूपमा दक्ष बनाउन राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने, परिवर्तित सामाजिक वातावरणअनुसारकै उत्कृष्ट व्यवहार अपनाउने, आकस्मिक रूपमा आइलाग्न सक्ने सबै प्रकारका चुनौती सहजै हल गर्न सक्ने तथा आमनागरिकलाई समानुपातिक एवं निष्पक्ष ढंगले सेवा प्रदान गराउने उद्देश्यले पनि प्रशिक्षित गराउँदै ल्याएको छ । प्रहरीलाई समयानकूल लोकप्रिय बनाउन सरकारको तर्फबाट प्रयास नभएको होइन । प्रहरी संगठन आफैं पनि उत्कृष्ट प्रहरी सेवा प्रदान गराउन लागि पर्दै आएको देखिन्छ । तथापि, समाजमा प्रहरीले लोकप्रियता हासिल गर्न सकेको छैन । प्रहरीलाई हेर्ने परम्परागत नकारात्मक सामाजिक दृष्टिकोणको अन्त्य अझै हुन सकेको छैन ।

प्रहरी सत्ता र शक्तिको हतियार बन्दै आयो । प्रहरी व्यवहार लोकप्रिय छैन । प्रहरीले उल्टै अपराधीलाई प्रोत्साहित गराउँदै ल्यायो । शान्ति सुरक्षा अनुभूतिजन्य बनाउन सकेन । प्रहरी कार्य पारदर्शी, स्वच्छ र निष्पक्ष छैन । प्रहरीबारे समाजमा बराबर यस्तै प्रतिक्रिया हुने गर्दछन् । प्रहरीउपरको अधिकांश टीकाटिप्पणी र आलोचना निराधार भए पनि केही मात्रामा सत्य पनि देखिएका छन् । टीकाटिप्पणीको विद्यमान अवस्थाले प्रहरी सैद्धान्तिक ज्ञानमा परिपक्व भए पनि व्यावहारिक ज्ञानमा निपूर्ण नभएको पुष्टि गर्दछ । मुलुकको विभिन्न क्षेत्रमा घटेका पछिल्ला केही चर्चित आपराधिक घटनामा प्रहरी नै मुछिनु, प्रहरीद्वारा नै अपराधीले प्रोत्साहन पाउनु तथा कतिपय आपराधिक घटना प्रहरीबाट हुनुले सबै प्रहरी कर्मचारीमा व्यावसायिक इमानदारिता र सेवा भावना उच्च छैन भन्ने संकेत गर्दछ । अल्पसंख्यक जनताको नजरमा प्रहरी स्वच्छ र पारदर्शी छैन । यही नकारात्मक जनदृष्टिकोणलाई प्रहरीले आफ्नै उत्कृष्ट व्यवहार र कार्यशैलीले विस्थापित गराउन सक्नुपर्दछ । जतिसुकै प्रयास गरे पनि समाजका शतप्रतिशत नागरिकलाई प्रहरीले रिझाउन सक्दैन ।

यसको कारण प्रहरीको असक्षमता होइन, प्रहरीको कार्य प्रकृति नै यस्तो हो भन्ने कुरा सर्वसाधारण नागरिकहरूले बुझेका हुँदैनन् । यस क्रममा आफ्नो सबै समस्या प्रहरीले हल गरिदियोस्, छिटोछरितो कार्य होस्, अनावश्यक झन्झट नदिओस् भन्ने आकांक्षा राख्ने सर्वसाधारण नागरिकहरू सबै प्रहरीको काम कर्तव्य र अधिकार क्षेत्रबारे जानकार नहुन सक्छन् । यसैको कारण आफ्ना समस्याहरू प्रहरीले समाधान गरिदिएन भन्ने सर्वसाधारणको दृष्टिकोण यथावत रहँदै
आएको छ । यसको अलावा कानुन कार्यान्वयन गराउने प्रमुख सरकारी अंगका रूपमा सक्रियताका साथ निष्पक्ष र पारदर्शी कार्य सम्पादन गर्ने क्रममै कानुनविपरीत कार्य गर्ने समाजको अर्को समूहको नजरमा प्रहरी कहिल्यै पनि राम्रो बन्न सक्दैन । अपराधीलाई प्रहरीले रिझाउने होइन, कानुनविरुद्धको कार्य गरेबापत दण्ड सजाय दिलाउनु प्रहरीको कर्तव्य हो । यही उद्देश्यले निष्पक्ष एवं पारदर्शी कार्य गर्दा आपराधिक व्यक्तिको नजरमा प्रहरी आलोचित बन्छ । त्यो स्वाभाविक पनि हो । आपराधिक समूहको आलोचना सकारात्मक दृष्टिकोण राख्ने आमनागरिक समाजको नजरमा भने प्रसंशनीय ठहरिन्छ ।

अपराधी तथा आपराधिक सम्बद्ध परिवारको टीकाटिप्पणी र आलोचनाबाट प्रहरीले कहिल्यै निरास बन्नु हुँदैन । यस्तो अस्वस्थ्य आलोचनालाई सधैं प्रहरीले आफ्नो स्वच्छ कार्य सम्पादनको उपज ठान्नुपर्दछ । प्रहरी उपरको नकारात्मक अवधारणा हटाउन आफूले सम्पादन गरेका हरेक काम कार्यबारे खुलस्त रूपमा प्रहरीले समाजमा बराबर जानकारी गराउने परिपाटी अँगाल्ने हो भने समाजको नजरमा प्रहरी प्रसंशाको पात्र बन्दै जान्छ । पछिल्लो समयमा प्रहरीको कामकर्तव्य व्यावसायिक नीतिविरुद्ध राजनीतिक प्रभावले प्रभावित बन्दै आएको कारण प्रहरी बढी आलोचित हुँदै आएको छ । प्रहरी सधैं समाजको शान्ति सुरक्षा गर्न, अपराध नियन्त्रण गर्न, आपराधिक घटना भइहालेमा अनुसन्धान गरी कसुरदारलाई कारबाही गराउन, प्राकृतिक प्रकोपको अवस्थामा राहत र उद्धार गर्न तथा सर्वसाधारण नागरिकहरूलाई आवश्यक पर्ने सहयोग पु¥याउन हरहमेसा क्रियाशील रहनुपर्दछ । प्रहरीद्वारा हुने यिनै व्यावसायिक कार्य सम्पन्न गर्ने÷गराउने क्रममा गैरव्यावसायिक व्यक्तिबाट कतिपय अवस्थामा प्रहरीले परिचालित हुनुपर्ने अवस्था क्रमिक रूपले बढ्दै आएको छ । प्रारम्भा सत्तासीन नेता मात्र होइन उनीहरू सम्बद्ध निटकतम व्यक्ति तथा परिवारकै सदस्यबाट प्रहरीउपर हुने गरेको गैरव्यावसायिक व्यक्तिको सामान्य अनुरोधपछि क्रमशः विकसित हुँदै अहिले कार्यान्वयन गर्नुपर्ने आदेशमा परिणत भइसकेको छ ।

 

 

प्रहरीको काममा कसैले हस्तक्षेप गर्नुहु“दैन । प्रहरीले स्वतन्त्र रूपमा कार्य गर्ने वातावरण बनाउनुपर्दछ । अपराध नियन्त्रण भए शान्ति सुरक्षा विश्वसनीय हुन्छ

देशका विभिन्न क्षेत्रमा घटेका पछिल्ला केही चर्चित आपराधिक घटनामा प्रहरी नै मुछिनु, अपराधीले प्रोत्साहन पाउनु तथा कतिपय आपराधिक घटना प्रहरीबाट हुनुले सबै प्रहरी कर्मचारीमा व्यावसायिक इमानदारिता र सेवा भावना उच्च नरहेको संकेत गर्दछ

 

 

प्रहरी संगठनकै उपल्लो तहका पदाधिकारीको नेता रिझाउने प्रवृत्तिले यसलाई अझै मलजल थप्दै आएको छ । गैरव्यावसायिक व्यक्तिले दिने निर्देशन तथा अनुरोध सर्वसाधारण नागरिकको हितमा नभई सम्बन्धित व्यक्तिकै स्वार्थमा आधारित हुने भएकाले त्यस्तो निर्देशन पालन गर्दा सर्वसाधारण नागरिकलाई मर्का पर्नु स्वाभाविक हो । कानुनविपरीतको यस्तो ठाडो निर्देशन कार्यान्वयन गर्दा पीडित नै अन्यायमा पर्ने, कसुरदारले उल्टै प्रोत्साहन पाउने भएकाले यस्तो प्रहरी कार्य सर्वसाधारण नागरिकहरूका निम्ति अमान्य हुनु स्वाभाविक हो । कार्य क्षेत्रमा प्रहरी आलोचित हुने प्रमुख कारण यही हो । यसैगरी, राज्य संयन्त्रउपर हुँदै आएको राजनीतिक हस्तक्षेप एवं ठाडो आदेश कानुनभन्दा माथिको ठानिने प्रवृत्तिले प्रहरी कर्मचारीहरू पनि प्रभावित हुँदै आए । कतिपय अनवस्थामा नेताको गलत स्वार्थपूर्ण निर्देशन कार्यान्वयन गर्ने क्रममा प्रहरी कर्मचारीहरू पनि स्वार्थमा आबद्ध हुन थाले । पदीय दायित्वभन्दा निजी स्वार्थ व्यक्तिका निम्ति लाभदायक हुने भएकाले कतिपय प्रहरीहरू नै यसप्रति आकर्षित हुँदै आए । नेताको आड र संरक्षणले उनीहरूलाई ऊर्जा प्रदान गर्दै ल्यायो । यस पृष्ठभूमिबाट हुँदै आएका कतिपय प्रहरी काम नै बढी मात्रामा समाजमा आलोचित बने । एकादुई व्यक्तिले गरेका नकारात्मक कार्यले सिंगो प्रहरी संगठनलाई नै बदनाम गरायो । यसले प्रहरीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्यायो । यो प्रवृत्ति स्तरीय प्रहरी सेवाको बाधक ठहरियो । राजनीतिक हस्तक्षेपबाट प्रभावित प्रहरी कार्यले प्रहरी संगठनको चेन अफ कमान्डलाई खलल पु¥यायो । निटतम कमान्डरप्रति हुनुपर्ने बफादारी पनि नेताप्रति स¥यो । संगठनका उच्च पदाधिकारीको भन्दा नेताउपरको विश्वास र महŒव बढ्दै आयो । संगठनात्मक एकतामा खलल पर्दा प्रहरीभित्रै अघोषित रूपमा गुट उपगुटको निर्माण हुँदै आयो । जसको कारण आस्थामा आधारित समूह विकसित भए । सत्ताको आडमा कुनै समूह शक्तिशाली हुने कुनै कमजोर बन्ने प्रवृत्ति सत्ता फेरबदलसँगै दोहोरिँदै एवं देखा पर्दै आयो । यो अवस्थामा सत्ता र शक्तिको आडमा भएका कतिपय गलत प्रहरी कार्यले अन्ततः प्रहरीलाई नै बदनाम गरायो ।

पछिल्लो समयमा संगठनका उच्चस्तरीय पदाधिकारीप्रति मातहतका कर्मचारीहरूको विश्वासमा ह्रास आउँदै छ । संगठनका उच्च पदाधिकारीहरूको मातहतलाई हेर्ने दृष्टिकोण पनि समान नभएका कारण मातहतका कर्मचारीलाई परेको पीरमर्का समयमै समाधान नहुँदा आफ्नो कार्य सम्पन्न गराउनकै लागि पनि प्रहरीमा नेताप्रतिको सदभक्ति बढ्दै गयो । नेताहरू पनि प्रहरीलाई काखी च्यापी आफ्नै स्वार्थ सिद्ध गराउन लागि पर्दै आए । नेपाल प्रहरी स्तरीय सेवा प्रदायक संस्थाको रूपमा विकसित भइसकेको भए पनि परिचालन प्रक्रियामा देखिएको उपरोक्त त्रुटिका कारण समाजमा लोकप्रिय हुन सकेको छैन । यो कमजोरी प्रहरीको मात्र होइन सामाजिक कुसंस्कारको पनि हो । सामाजिक कुप्रथा हटाई स्तरीय प्रहरी सेवा उपलब्ध गराउन प्रहरी र समाज दुवैले गलत प्रवृत्ति हटाउन आवश्यक छ ।

वास्तवमा प्रहरी न त सत्ता पक्षको हो, न प्रतिपक्ष र समूह विशेषको ? नेपाल प्रहरी तीन करोड नेपालीहरूकै साझा हो । यस परिप्रेक्ष्यमा प्रहरीले पनि आफू समूह विशेष एवं व्यक्ति विशेषको मात्र हुँ भन्ने, न त मानसिकता नै राख्नु हुन्छ न त त्यस्तो आशय झल्कने विभेदित व्यवहारै गर्नुहुन्छ । समाज र प्रहरी दुवै पक्षले यस वास्तविकतालाई हृदयंगम गरी पारस्परिक व्यवहार सौहाद्र्धपूर्ण बनाउने हो भने स्तरीय प्रहरी सेवा प्रदान गर्ने वातावरण स्वतः निर्माण हुन्छ । जनता र प्रहरीबीचको सम्बन्ध सुमधुर बन्छ । पारस्परिक टीकाटिप्पणी र आलोचना हराउँदै जान्छन् तर यस्तो वातावरण तय गर्नु दुवै पक्षले स्वार्थभन्दा माथि उठ्नु जरुरी छ । एक प्रकारले भन्ने हो भने समाजकै व्यक्ति विशेषको स्वार्थ र प्रहरीको स्वार्थबीचको द्वन्द्व नै प्रहरीउपरको टीकाटिप्पणी र आलोचनाको स्रोत हो भन्नमा अत्युक्ति नहोला ।

लोकतान्त्रिक व्यवस्थामा सर्वोच्च शक्तिको स्रोत जनता नै हुन्छन् तथा राज्यमा कानुनी सर्वोच्चता कायम रहेमा मात्र लोकतन्त्रको संरक्षण र संवद्र्धन हुँदै जान्छ । सर्वसाधारण जनताका लागि पनि लोकतन्त्र अनुभूतिजन्य हुनुपर्दछ । सर्वसाधारण नागरिकहरूका अनेकौं इच्छा र आकांक्षा हुन्छन् । जनताको सामूहिक चाहना लोकतन्त्रले सम्बोधन गर्न सकेन भने त्यो लोकतन्त्र वास्तविक लोकतन्त्र ठहरिँदैन । लोकतन्त्रलाई सबल र प्रभावकारी बनाउन शान्ति सुरक्षाको भूमिका महŒवपूर्ण हुन्छ । शान्ति सुरक्षा विश्वसनीय र भरपर्दो बनाई लोकतन्त्रलाई सुदृढ बनाउँदै लैजान राज्य पक्षको मात्र होइन नागरिक समाजको भूमिकाको महŒव पनि समान हुन्छ । लोकतन्त्रको उपादेयतालाई मूर्त रूप दिन नागरिक समाजको व्यवहार र दृष्टिकोण स्वच्छ र पारदर्शी हुनुपर्दछ । आपराधिक मानसिकता, स्वेच्छाचारिकता व्यक्तिगत स्वार्थ लोकतन्त्रको मात्र होइन समुन्नत समाजकै बाधक भएकाले यस प्रकारको नकारात्मक प्रवृत्तिलाई अन्त्य पार्न सबैले आआफ्नो स्थानबाट योगदान पु¥याउने हो भने स्तरीय प्रहरी सेवा स्वतः स्थापित हुन पुग्छ ।

यसर्थ, प्रहरी सेवाको स्तर उच्च छैन भनेर हामीले प्रहरीलाई मात्र दोषी ठान्नु हुँदैन । स्तरहीन प्रहरी सेवाको कारकतŒव पनि नागरिक समाजभित्र अन्तर्निहित हुन्छ, त्यसप्रति प्रत्यक्ष एवं अप्रत्यक्ष समाजकै व्यक्ति विशेष नै जिम्मेवार रहन्छन् भन्ने कुरा नागरिक समाजले बोध गर्न सके विकृति हटाई शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिन्छ । प्रहरी सेवालाई विकृतिरहित र स्तरीय बनाउन सर्वप्रथमतः प्रहरीको मानसिकता स्वच्छ र पारदर्शी हुनुपर्दछ । प्रहरीको कार्य सेवा भावनामा केन्द्रित हुनुपर्दछ । सेवा भावना पनि व्यक्ति विशेषमा होइन आमनागरिक समुदायप्रति लक्षित हुनुपर्दछ । स्वार्थ र प्रलोभनमा प्रहरीले पर्नु हुँदैन । कानुनी पक्षपात गर्नुहुँदैन । सर्वसाधारणलाई झन्झटमा नपरी छिटो छरितो प्रहरी सेवा प्रदान गर्नुपर्दछ । पूर्वाग्रह र भेदभाव कसैसँग गर्नुहुँदैन । गैरकानुनी कार्य गर्ने व्यक्तिलाई प्रहरीले संरक्षण गर्नुहुँदैन तथा प्रहरी आफैंले गैरकानुनी कार्य गर्नुहुँदैन । यसैगरी, नागरिक समाजका तर्फबाट पनि प्रहरीलाई स्वार्थमा प्रयोग गराउने प्रयत्न हुनुहुँदैन । प्रहरीको काममा कसैले हस्तक्षेप गर्नुहुँदैन । प्रहरीले स्वतन्त्र रूपमा कार्य गर्ने वातावरण बनाउनुपर्दछ । समाजले अपराधीको पक्ष लिनु हुँदैन । अपराध नियन्त्रण भए शान्ति सुरक्षा विश्वसनीय हुन्छ भने ठान्नुपर्दछ । सत्ता र शक्तिको प्रयोग गरी प्रहरीलाई गलत ढंगले आफ्नै स्वार्थमा प्रयोग गराउनुहुँदैन । निजी स्वार्थका लागि नेता पछ्याउने प्रहरी कर्मचारीलाई नेताले साथ दिनुहुँदैन । नेता एवं समाजले प्रहरी संगठनको कामकार्यको निरन्तर अनुगमन गर्नुपर्दछ ।

 

(Visited 24 times, 1 visits today)
Loading comments...