शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

इंग्ल्यान्डको टोलीमा तीन खेलाडी परिवर्तन

एजेन्सी
5 months ago
22/05/2019

लन्डन। घरेलु टोली इंग्ल्यान्डले एकदिवसीय विश्वकप सुरु हुन नै दिन बाँकी रहँदा टिममा तीन खेलाडी परिवर्तन गरेको छ । इंग्ल्यान्डले गत महिना नै १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

तीव्र गतिका युवा बलर जोफ्रा आर्चर, शीर्ष क्रमका ब्याट्सम्यान जेम्स भिन्स र लियाम डसनलाई टोलीमा मौका दिइएको छ । यी तीन खेलाडीलाई एलेक्स हेल्स, डेबिड विल्ली र जो डेनलीको स्थानमा मौका दिइएको इंग्ल्यान्ड क्रिकेट एसोसिएसनले जनाएको छ ।

एकदिन अघि पाकिस्तानसँगको पाँच एक दिवसीय सिरिज ४–० ले जितेपछि इंग्ल्यान्डले अन्तिम टोली घोषणा गरेको हो । आर्चरले पाकिस्तानसँगको एक दिवसीय सिरिजबाटै इंग्ल्यान्डबाट डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । ३ मेमा इंग्ल्यान्डको टोलीमा डेब्यु गरेको १८ दिनमै आर्चरले उच्च प्रदर्शन गरेपछि टोलीमा स्थान बनाइराख्न सफल भएका हुन् । जेम्स भिन्स र लियाम डसन पनि उत्कृष्ट प्रर्दशन गरेका थए ।

आईसीसीको एक दिवसीय वरीयताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यसपटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुनेछ । इंग्ल्यान्डले मे ३० मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

 

इंग्ल्यान्डको टोली

इओन मोर्गन (कप्तान), मोइन अली, जोनी बयरस्ट्रो, जस बटलर, टम करन, जोफ्रा आर्चर, जेम्स भिन्स, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्ट्रोक्स, लियाम डसन, क्रिस बोक्स र रार्क वुड

 

(Visited 21 times, 1 visits today)
Loading comments...