शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

आर्मी पुनः शीर्ष स्थानमा

राजधानी समाचारदाता
5 months ago
22/05/2019

काठमाडौं।  डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट इन्टरनेसनल कलेजलाई पराजित गर्दै साविकको उपविजेता त्रिभुवन आर्मी क्लब होम एन्ड अवे लिगको आधारमा राजधानीमा जारी क्विक्स नेपाल बास्केटबल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्मीले घरेलु मैदानमा भएको खेलमा गोल्डेनगेट कलेजमाथि ७५–६१ को सहज जित निकालेको हो । आर्मीेले अवे मैदानमा १०४–६९ को फराकिलो जित निकालेको थियो ।

जितसँगै आर्मी १९ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्मीले एक खेल कम खेलेको टाइम्स इन्टरनेसनल कलेजलाई एक अंकले पछि पारेको हो । गोल्डेनगेट १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पहिलो क्वार्टरमा आर्मीले १९–१२ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो क्वार्टरमा आर्मी १९–२६ र १२–१४ ले पछि परे पनि अन्तिम क्वार्टरमा आर्मीले २५–९ को अग्रता बनाएपछि आर्मीले सहज जित निकालेको हो । आर्मीका आयुस सिंह खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैयाँ पाए ।

अर्काे खेलमा पुलिसले बीएमसी साउथ साइडर्समाथि ७४–६३ को सहज जित निकाल्यो । पुलिसको जितमा जसाङ सुनुवारले १४ अंक जोडे । उनी नै खेलको म्यान अफ दि मया घोषित भए उनले ३ हजार रुपैयाँ पाए । प्रतियोगितामा बुधबार टाइम्स र एनके कीर्तिपुर बास्केटबल टिमबीच प्रतिस्पर्धा हुनेछ ।

(Visited 17 times, 1 visits today)
Loading comments...