शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

वीर अस्पतालबाट फरार श्रेष्ठ बालाजुबाट पक्राउ

रासस
5 months ago
22/05/2019

काठमाडौँ । प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ ।

एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले स्वास्थ्य जाँचका क्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मङ्गलबार राति फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले मङ्गलबार राति फरार श्रेष्ठलाई आज दिउँसो वृत्त महाराजगञ्जबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले बालाजुबाट पक्राउ गरेको जानकारी दिए ।

पक्राउ श्रेष्ठलाई म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको बेला उनी फरार भएका थिए ।

(Visited 110 times, 1 visits today)
Loading comments...