बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

राष्ट्रपति भण्डारीले पहिलो पटक फिर्ता पठाइन विधेयक

राजधानी समाचारदाता
4 weeks ago
22/05/2019

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाएकी छन् ।

राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि विधेयक संसदमा फिर्ता पठाएको यो पहिलो पटक हो । यसअघि संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा तत्कालीन राजा वीरेन्द्रले नागरिकता विधेयक फिर्ता पठाएका थिए ।

संविधानको धारा ११३ (२) बमोजिम विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ११३ (२)मा विधेयक पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र सदनमा फिर्ता पठाउन सक्ने प्रावधान छ । राष्ट्रपतिले फिर्ता गरेको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ ।

दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । दोस्रोपटक पठाइएको विधेयकमा राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।
राहदानी विधेयक प्रतिनिधिसभाले १० असोज पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल भयो ।

तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

(Visited 136 times, 1 visits today)
Loading comments...