मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

प्रेमगीत ३ का लागि छानिए २५ युवती

राजधानी समाचारदाता
4 months ago
24/05/2019

काठमाडौं । चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएको आसुसेन फिल्म्सले जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै आवेदन दिएकाहरु मध्येबाट आज उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको जनाएको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । ‘अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनौट गरिनेछ ।’ निर्माता सेनले भने । छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए ।

‘प्रेम गीत’ मा प्रदीप खड्कासँग पूजा शर्माले रोमान्स गरेकी थिइन् । ‘प्रेम गीत २’ मा भने अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेकी थिइन् ।

(Visited 84 times, 1 visits today)
Loading comments...