आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

लोकतान्त्रिक चलचित्रकर्मी संघमा सापकोटा

2 years ago
10/11/2016

काठमाडौं÷रास– नेपाली कांग्रेसको शुभेक्छुक संस्था नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको सभापतिमा सिनेकर्मी सन्दीप सापकोटा चयन भएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सापकोटाको नेतृत्वमा १७ सदस्य समिति गठन  गरिएको छ ।

nepal-loktantrik-5

संघको सदस्यमा रूपा राना, जनकदीप पराजुली, प्रदीप दाहाल, सुस्मिता कार्की, अनन्त तिमल्सिना, सुव्रत आचार्य, अनमोल शर्मा, ऋषि लामिछाने, योगेन्द्र श्रेष्ठ, आयुष रिजाल, बैकुण्ठ पराजुली, सीपी पौडेल, योगेश घिमिरे, वसन्त पोख्रेल, स्वस्तिका सिलवाल, गीता अधिकारी चयन भएका हुन् ।

सो कार्यक्रममा वनमन्त्री शंकर भण्डारीले नेपाली कलाकारका लागि सरकारबाट महŒवपूर्ण काम अहिलेसम्म हुन नसकेको बताए । नेपालमा संविधान कार्यान्वयन हुँदै गएर देश समृद्ध हुँदै गएपछि कलाकारिता क्षेत्र, सांस्कृतिक क्षेत्रमा महŒवपूर्ण कामहरू हुने धारणा उनले राखे । नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापाले सधैं सरकार र पार्टीले कलाकारहरूलाई बेवास्ता गर्दै आइरहेको आरोप लगाए । उनले राज्यका विभिन्न अंगमा कलाकारहरूको प्रतिनिधित्व अहिलेसम्म हुन पाएको उनले बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली कलाकारहरूलाई सरकार र पार्टीले सधैं प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । संघका नवोदित सभापति सन्दीप सापकोटाले चलचित्रकर्मीलाई राज्यले हेर्ने दृष्टिकोणमा अहिलेसम्म पनि पूर्ण रूपमा सकारात्मक संकेत देखिएको गुनासो कार्यक्रममा गरे ।

 

(Visited 3 times, 1 visits today)
Loading comments...