बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

स्वास्थ्यमा दलको घोषणापत्र, कागजमा सीमित

प्रशान्त वली
3 weeks ago
26/05/2019

काठमाडौं ।  सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसलगायतका दलले संसदीय निर्वाचनताका जनस्वास्थ्यबारे विभिन्न नारा अघि सारेको भए पनि कार्यान्वयनतर्फ खासै चासो देखाएको पाइँदैन । विभिन्न दलले जनस्वास्थ्यबारे आकर्षक नारा पस्केको भए पनि ती नारा कागजमै सीमित भएका छन् । यसले दलहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ ।

निर्वाचनपछि नेकपा दुई तिहाइनजिक पुगेको भए पनि उसका चुनावी एजेन्डा कागजमै अलपत्र बनेको छ । नेकपाले आफ्नो चुनावी घोषणापत्रमा नगरपालिकाको केन्द्रमा ५० शøयाको अस्पताल बनाउने, प्रत्येक वडामा दक्ष जनशक्तिसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने, बालमृत्युदर शून्यमा झार्ने, सबै प्रदेशमा १ हजार शøयाको अस्पताल बनाउनेलगायतका महŒवपूर्ण विषय उल्लेख गरेको थियो । तर, तीमध्ये अधिकांश कागजमै सीमित बनेको छ ।
नेपकाले गरिबीको रेखामुनि रहेका जनताका लागि बिमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गर्ने विषय पनि घोषणापत्रमा समेटेको थियो ।

नेकपाको सरकार गठनपछि नीति तथा कार्यक्रम दुईपटक आइसकेको पनि घोषणापत्रमा रहेका स्वास्थ्यसम्बन्धी अधिकांश बुँदा त्यसमा समेटिएको छैन । जनतासामु गरेका कतिपय वाचालाई घोषणापत्रमार्फत समेटेको बताए पनि ती बुँदा कार्यान्वयनमा नआउँदा आमजनतामा निराशा छाउँदै आएको छ ।
१५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने र नगरपालिकाको केन्द्रमा ५० शøयाका सुविधासम्पन्न अस्पताल सञ्चालन गरिने नेकपाको घोषणापत्रमा उल्लेख थियो । घोषणापत्रमा प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरण, प्रविधि र स्वास्थ्यकर्मीसहितका स्वास्थ्य चौकी र घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिने पनि उल्लेख छ । नेपालमा पाइने जडीबुटी तथा औषधिजन्य पदार्थको संवद्र्धन गरी औषधि उत्पादन गरिने पनि नेकपाको चुनावी घोषणापत्रमा उल्लेख छ । यस्तै, खोप, स्वास्थ्य सेवा र पोषणयुक्त खानाको पर्याप्त उपलब्धता तथा स्याहार सम्भारबाट बालमृत्युदर शून्यमा पु¥याइने पनि उल्लेख छ ।

 

 

के के थिए चुनावी नारा
नेकपा
–नगरपालिकाको केन्द्रमा ५० शøयाको अस्पताल
–प्रत्येक वडामा दक्ष जनशक्तिसहितको स्वास्थ्य सेवा
–बालमृत्युदर शून्यमा पु¥याइने
–सबै प्रदेशमा १ हजार शøयाको अस्पताल

तत्कालीन संघीय समाजवादी फोरम नेपाल
–राजधानीमा केन्द्रित स्वास्थ्य सेवा गाउँगाउँमा
–एयर एम्बुलेन्सको व्यवस्था
–स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग

नेपाली कांग्रेस
–पाठेघरको मुखको क्यान्सर परीक्षण स्थानीय तहसम्म
–वडावडामा नर्सिङ सेवा
–गाउँपालिकामा प्रसूति सेवासहितको अस्पताल

राप्रपा
–प्रत्येक वडामा कम्तीमा दुई जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त
–वीर अस्पतालसरहको हस्पिटल सातै प्रदेशमा
–छोरी जन्मिए ५ हजार

 

 

 

यसैगरी, नेकपाको घोषणापत्रमा उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मिर्गौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराइने उल्लेख छ । घोषणापत्रमा मानसिक रोग, डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तीपाइले, टिबी, निमोनिया, टाइफाइड, झाडापखाला तथा सिकल सेल एनिमियाजस्ता रोगको प्रभावकारी रोकथाम र नियन्त्रण गरिने विषय पनि समेटिएको छ ।
अपांगता भएका व्यक्तिलाई स्थानीय अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने, विकट गाउँका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिने, आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप र विपद्बाट हुने घाइतेको सम्पूर्ण उपचार निःशुल्क गरिने नेकपाको घोषणापत्रमा उल्लेख छ । यसैगरी, प्रत्येक प्रदेश सदरमुकाममा सुविधासम्पन्न १ हजार शøयाको अस्पताल स्थापना गरिने, डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थेटर, आईसीयू सेन्टर तथा भेन्टिलेटर सेन्टर स्थापना गरिने उल्लेख छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्नुका साथै मदिरा उत्पादन र बिक्री वितरणलाई प्रभावकारी रूपमा नियमन गरिने, स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिने विषय नेकपाको घोषणापत्रमा समेटिएको छ ।
नेकपाका नेता योगेश भट्टराईले पार्टी घोषणापत्रलाई पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइने बताए । उनले भने, ‘घोषणापत्रमा समेटिएका कार्यक्रम आगामी नीति तथा कार्यक्रममा समेटिन्छन् । अहिले केही समेटिएका पनि छन् । सबै एकैचोटि समावेश गर्न सकिँदैन ।’

 

क्रमिक रूपमा पार्टीको घोषणापत्रलाई कार्यान्वयनमा ल्याइन्छ

उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री

 

घोषणापत्रमा समेटिएका कार्यक्रम सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिन्छन् । अहिलेको नीति तथा कार्यक्रममा केही समेटिएका छन् ।

योगेश भट्टराई, नेता, नेकपा

 

 

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरमको सत्तायात्रापछि नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग दुई तिहाइ बहुमत छ । तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव स्वयं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा छन् । सो पार्टीको घोषणापत्रमा केन्द्रीकृत राज्यको परिणामस्वरूप राजधानीमा केन्द्रित स्वास्थ्य सेवालाई गाउँगाउँसम्म पु¥याइने विषय समेटिएको छ । तर, सो पार्टीका चुनावी एजेन्डा पनि कागजमै मात्र सीमित पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले क्रमिक रूपमा पार्टीको घोषणापत्रलाई कार्यान्वयनमा ल्याइने बताए । उनले भने, ‘घोषणापत्रमा समेटिएका स्वास्थ्यका विषयलाई सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । अब बजेट व्यवस्थापनमार्फत समस्याको हल हुन्छ । नयाँ स्वास्थ्य नीति पनि आउँदै छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसको चुनावी घोषणापत्रमा मलेरिया, हेपाटाइटिसलगायतका रोगबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाइने उल्लेख छ । यस्तै प्रत्येक वडामा नर्सिङ सेवा उपलब्ध गराइने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ ।

हरेक गाउँपालिकाले प्रसूति सेवासहितको १५ शøयाको अस्पताल बनाउने, महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिने कांग्रेस घोषणापत्रमा उल्लेख छ ।
गर्भवती महिलाको पोषणाका लागि नियमित भत्ताको व्यवस्था गरिने, सबै नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमलाई देशभर विस्तार गरिने भनिएको छ । कांग्रेसले अघि सारेका यी एजेन्डा पनि उसको घोषणापत्रमै मात्र सीमित बनेको छ । यी स्वास्थ्य एजेन्डा पूरा गर्न उसले कुनै पहल गरेको पाइँदैन ।

यस्तै कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्रमा निजी हस्पिटल तथा नर्सिङ होमको सेवा, सुविधा, शुल्कलगायतका विषयलाई व्यवस्थित गर्न अधिकार सम्पन्न राष्ट्रिय निकाय खडा गरिने भनिएको छ ।
राजपाको घोषणापत्रमा शहीद र विपन्न परिवारलाई शिक्षा, स्वास्थ्य रोजगारीमा समूचित व्यवस्था गर्ने भनिएको छ । तर, दलहरूले जारी गरेको घोषणापत्रका अधिकांश बुदाँ कार्यान्वयनमा नआएको स्वास्थ्यसम्बन्धी जानकारहरू बताउँछन् ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले राजनीतिक दलको नेतृत्व तहले बनाएका घोषणापत्र नै राम्रोसँग नपढेको बताउँछिन् । उनले भनिन्, ‘दलका नेताहरूले ग्रामीण भेगका नागरिकसँग समन्वय गरेर अघि बढ्नुपर्छ । ह्वीमका भरमा चल्नुभएन । सिंहदरबारमा बसेर घोषणापत्र बनाएर हुँदैन । गाउँको वास्तविकता बुझेर बनाउनुपर्छ ।’

(Visited 211 times, 1 visits today)
Loading comments...