बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

भोटोजात्रा २६ जेठमा

नवीन लुइँटेल
1 month ago
26/05/2019

ललितपुर ।  रातो मत्स्येन्द्रनाथको रथ जात्राअन्तर्गत २६ जेठमा भोटो जात्रा देखाइँदै छ । आगामी २३ जेठमा रातो मत्स्येन्द्रनाथको रथलाई थतिटोलबाट जावलाखेल पु¥याइने जात्रा व्यवस्थापन गरेको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ । रथ हिँडेपछि कुनै व्यवधान नभए वा समस्या नआए २६ जेठमा भोटो जात्रा हुने कार्यालयका प्रमुख शैलेन्द्र पौडेलले राजधानीलाई जानकारी दिए । मत्स्येन्द्रनाथका दुई ज्योतिषले बिहीबार थतिटोलबाट जावलाखेल पु¥याइने साइत निकालेपछि भोटो जात्राको पनि मिति जुरेको हो ।‘बिहीबार थतिटोलबाट रथ तान्ने साइत निकालिएको छ,’ उनले भने, ‘रथ तानेर जावलाखेल पु¥याइएको चार दिनमा भोटो देखाउने चलन छ ।’

नेपाल पञ्चांग निर्णायक समितिका सदस्य कीर्तिकिरण जोशी र ज्योतिष पूर्णमंगल जोशीले साइत निकालेका हुन् । रथ जावलाखेल लैजान चारजनाले साइत हेर्नुपर्ने परम्परा भए पनि पछिल्लो समय दुई ज्योतिषले मात्र हेर्ने गरेका छन् । ती दुवै ज्योतिषले बिहीबार मणिमण्डपको सोह्रखुट्टे पाटीमा बसेर साइत निकालेका हुन् ।
५४९ देखि सुरु भएको यो जात्राको साइत हेर्न विगत आठ सय वर्षअघिदेखि पाटनका जोशी परिवारलाई जिम्मा दिइएको थियो । थतिटोलबाट जावलाखेलसम्म रथ तान्ने क्रममा गुरुज्युको पल्टनले हर्ष बढाइ गरेपछि रथ तान्न सुरु हुन्छ । विभिन्न टोलका बासिन्दा भेला भएपछि बाजागाजासहितको लावालस्करले रथ तान्दै जावलाखेलसम्म पु¥याउने चलन छ । यसक्रममा जीवित कुमारीलाई पनि कुमारीपाटीस्थित पाटीमा राखेर रथ तानेको अवलोकन गराउने परम्परा छ । रथलाई जावालाखेल पु¥याएपछि पल्टनले फेरि हर्ष बढाइ गर्ने चलन छ ।

भोटो देखाएपछि रातो मत्स्येन्द्रनाथको जात्रा सकिन्छ । भोटो देखाएकै दिन रातो मत्स्येन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याइन्छ । मत्स्येन्द्रनाथको जात्राका क्रममा विभिन्न स्थानमा रथ परिक्रमा गरिरहँदा जुन स्थानमा रथ पुग्छ, त्यहाँका वासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मीठो मसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।
करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल भिœयाएको विश्वास गरिन्छ ।

परापूर्व कालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित भोटोसम्बन्धी विवाद मिलाउन हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा सुरु भएको भन्ने एक थरीको भनाइ छ । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका प्रमुखले ‘यो भोटो कसको हो’ भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको छ । परापूर्व कालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...