बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

ऊर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

राजधानी समाचारदाता
4 months ago
26/05/2019

 

काठमाडौं  ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव वलिउ झेनमिनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा एकआपसमा गर्न सक्ने सहकार्य र दिगो विकासबारे  छलफल भएको थियो ।

मन्त्री पुनले भेटमा नेपालले ऊर्जाको पहँुचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताए । उनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको जानकारी दिए । अमेरिकाको न्युयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसँग भेटवार्ता गरेका थिए । भेटमा मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दिगो विकासको लक्ष्यसहित सामाजिक–आर्थिक विकासको बाटोमा अघि बढेको धारणा व्यक्त गरे । उपमहासचिव झेनमिनले संयुक्त राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको बताए ।

(Visited 14 times, 1 visits today)
Loading comments...