बुधवार ४ आषाढ, २०७६ (Wednesday, 19th June 2019)
४ आषाढ, २०७६ (19 June 2019)

मध्यपुर थिमी नगरपालिकाको दुई वर्ष

सञ्जीव दुलाल
3 weeks ago
26/05/2019

 

भक्तपुर। स्थानीय तहको निर्वाचनपछि मध्यपुर थिमी नगरपालिकामा जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको शनिबार दुई वर्ष पुगेको छ ।

पदभार ग्रहण गरेको दुई वर्ष पुगेकोे उपलक्ष्यमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले आन्तरिक आय लक्ष्यअनुरूप वृद्धि गर्न नसकेको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । चालू आवको वैशाख मसान्तसम्ममा कुल ११ करोड ७६ लाख ४३ हजार रुपैयाँ मात्र आन्तरिक आय संकलन गर्न सकिएको उनले बताए ।

श्रेष्ठले नगरमा आफूहरु विजयी भएर आएपछि वर्षौंदेखि बन्द भएका विभिन्न परम्परागत पर्वले निरन्तरता पाएको जानकारी थिए । उनका अनुसार नगरपालिकाले युवा लक्षित कार्यक्रमका साथै नगरमा रहेका पुराताŒिवक सम्पदा संरक्षणमा जोड दिएको छ । युवालक्षित तथा स्वास्थ्य बिमा कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको भन्दै उनले नगरभित्रका विभिन्न समस्या समाधान गर्न आफूहरू लागिपरेको बताए ।

नगरपालिकाले हालसम्म चालू खर्चतर्फ २३ करोड ८१ लाख ३४ हजार र पुँजीगत खर्चतर्फ १८ करोड २२ लाख २५ हजार खर्च गरेको जनाएको छ ।

नेपाली कांग्रेसका जनप्रतिनिधि भने कार्यक्रममा उपस्थिति भएनन् । पार्टीले ह्वीप जारी गर्दै जनप्रतिनिधिको दुई वर्ष सम्बन्धमा आयोजित कार्यक्रम बहिष्कार गर्न भनेपछि आफूहरू नआएको एक वडा अध्यक्षले जानकारी दिए ।

(Visited 10 times, 1 visits today)
Loading comments...