बुधवार १ आश्विन, २०७६ (Wednesday, 18th September 2019)
१ आश्विन, २०७६ (18 September 2019)

नेकपा भक्तपुर जिल्ला कमिटीले पायो पूर्णता

राजधानी समाचारदाता
4 months ago
26/05/2019

भक्तपुर ।  नेकपा एकीकरण प्रक्रियाअन्तर्गत भक्तपुर जिल्ला कमिटीले शनिबार पूर्णता पाएको छ । बचन देउजाको अध्यक्षतामा गठित १ सय ४५ सदस्यीय जिल्ला कमिटीको सचिवमा डीपी ढकाल मनोनीत भएका छन् ।

तत्कालीन एमालेबाट ८३ र माओवादीबाट ६२ जना गरी कुल १४५ जना जिल्ला कमिटीमा मनोनीत भएका छन् । तत्कालीन एमालेबाट जिल्ला अध्यक्ष र माओवादीबाट जिल्ला सचिव भएका छन् । पार्टीका अन्य जनवर्गीय संगठनको पनि छिट्टै एकीकरण हुने जिल्ला सदस्य उपेन्द्र केसीले जानकारी दिए । जिल्ला सदस्यहरु घोषणा तथा शपथ ग्रहण कार्यक्रममा अष्टलक्ष्मी शाक्य, नारायण दाहाल, प्रदेश सदस्य सरस्वती बाटी, केन्द्रीय सदस्य आनन्द पोखरेल, सोमप्रसाद मिश्र, महेश बस्नेतलगायत उपस्थित थिए ।

(Visited 60 times, 1 visits today)
Loading comments...