बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

चलचित्र काउसो लिएर आए मदन

राजधानी समाचारदाता
3 months ago
26/05/2019

काठमाडौं । कतै जंगल वा खेतमा हुने काउसोलाई नामका रूपमा प्रयोग गरेर निर्देशक मदन घिमिरेले नयाँ चलचित्र ‘काउसो’ निर्माण गरेका छन् । सहरका अहिलेको तन्नेरी पुस्तालाई काउसो भनेको के हो भन्ने जानकारी नभएको बेला उनले यो नाम रोजेका हुन् । यो फिल्म १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने पनि निर्देशक घिमिरेले जानकारी गराएका छन् ।

काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक घिमिरेले यो फिल्मबारे भने, ‘चलचित्र काउसो हास्यप्रधानसँगै मनोरञ्जन पूर्ण सिनेमा हो । काउसो नामजस्तै ठेट नेपाली फिल्म बनेको छ । यसका अभिनेता सविन श्रेष्ठले काउसोमा आफू हास्यप्रधान र एक्सन भूमिकामा प्रस्तुत भएको छु । आफूलाई यो

चलचित्र  दर्शकले केही भिन्न रूपमा देख्ने पनि उनले जिकिर गरे । अर्का कलाकार ए गुरुङले पनि आफू हास्य भूमिकामा यसमा भएको बताए ।

यो फिल्ममा सबिनसँगै ए गुरुङ,  रमेश बुढाथोकी, रामचन्द्र अधिकारी,  नवीन आचार्य, सुरेन्द्र चापागाईं,  सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना,  अनु पराजुली, असिम तिमल्सिनासहितको मुख्य भूमिका छ ।

चलचित्रमा संगीत विकास चौधरीको, द्वन्द्व निर्देशन शंकर महर्जनको, नृत्यमा बिक्रम स्वारको, छायांकन रामेश्वर हुमागाईंको, सम्पादन नवीन निरौलाको र प्रोडक्सन डिजाइनर सूर्य बुढाथोकीको रहेको छ ।

यो चलचित्रको प्रस्तुतकर्ता अर्नभ बस्नेत, निर्माता राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक, भगवान खत्री हुन् । चलचित्रउपत्यकाभित्र विके फिल्मस र उपत्यकाबाहिरका लागि एफडी कम्पनीले वितरण गर्ने भएको छ ।

 

(Visited 28 times, 1 visits today)
Loading comments...