मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

चलचित्र चलाउन पुराना हिट गीतको सहारा

डब्बु क्षत्री 
4 months ago
26/05/2019

 

 

काठमाडौं। नयाँ चलचित्र ‘रातो टीका निधारमा’को शुक्रबारदेखि झापाको बिर्तामोडबाट छायांकन सुरु गरिएको छ । निर्माता निर्देशक अशोक शर्माको यसअघि सुपर हिट भएको चलचित्र ‘अल्लारे’को रातो टीका निधारमा’ बाट निर्देशक शर्माले आफ्नो फिल्मको नाम राखे ।

अहिले झापामा यो चलचित्रको यही गीतको सुटिङ भइरहेको छ । अल्लारेको रातो टीका निधारमा गीतमा राजेश हमाल र करिश्मा मानन्धरको नृत्य थियो । जबकि अहिले यो गीतमा अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना, बुद्धि तामाङ, खुस्बु खड्कालगायतको नृत्य छ ।

रातो टीका निधारमा गीत एक समय सर्वाधिक हिट भएको र यो गीतलाई अहिले चलचित्रलाई प्रचारमा निकै फाइदा पुग्ने भएकाले पनि कथाअनुसार यो गीत राखेका निर्देशक अशोक शर्माले बताएका छन् ।

निर्माता निर्देशक अशोक शर्मा मात्र होइन, आफ्नो चलचित्रलाई प्रचार–प्रसार गर्न सजिलो होस् भनेर पछिल्लो समय प्रायले यस्ता पुराना गीतलाई रिमेक गरेर फिल्ममा राख्ने गरेका छन् । जसमा केही गीतले फिल्म सफल तुल्याएका छन् भने केही गीतको प्रभावले सिनेमाको व्यापारमा खासै फाइदा पुगेको छैन । तैपनि निर्माता निर्देशकहरूले फिल्म चलाउने यसअघि हिट भएका गीतको आड भसोरा लिने गरेका छन् ।

अहिले दोस्रो सातामा केही हलमा प्रदर्शन भइरहेको चलचित्र ‘वीर बिक्रम–२’ मा पनि निर्देशक मिलन चाम्सले चलचित्र देउताको एक समयको सर्वाधिक हिट गीत पिरतीको मिठो तिर्सना…राखे । यो गीतमा उनले आफ्नो फिल्ममा नाजिर हुसेन, पल शाह, वर्षा शिवाकोटीलाई राखेर निकै महँगो भिडियो बनाए । गीतको लोकप्रियताले वीर बिक्रम २ प्रचार गर्न त सजिलो भयो । तर, आशा गरेअनुसार फिल्म चलेन । फिल्म नचल्नुमा गीत दोषी थिए । कलाकार पल शाहलगायतको फितलो अभिनयले फिल्म नचलेको ठहर गरिएको छ ।

निर्माता अभिनेता भुवन केसीले तीन दशकअघि आफूले अभिनय गरेको फिल्म ‘सम्झना’को लोकप्रिय गीत उकालीमा अघिअघि…लाई दुई वर्षअघि चलचित्र ‘कृ’मा राखे । गीतको लोकप्रियताले चलचित्रको व्यापारमा केही फाइदा पुग्यो । कृमा पनि यो गीत जति हिट भयो, अर्का निर्माता सुवास गिरीले त्यत्तिकै ठूलो घाटा बेहोर्नुप¥यो । सो गीतलाई अनुमतिबिना फिल्ममा राखियो भनेर सम्झनाका निर्माता निर्देशक शम्भु प्रधानले प्रतिलिपि अधिकारसम्बन्धी ऐनको आधारमाा कृका निर्माता सुवास गिरीलाई ११ लाख रुपैयाँ जरिमाना तिराए ।

 

गत वर्ष रिलिज भएको चलचित्र ‘छिरिङ’मा पनि यो फिल्मको व्यावसायिक सफलताको आशा गर्दै निर्माता निर्देशक अभिनेता यस कुमारले चलचित्र झुमाको बोल बोल पाखाहरू…गीतलाई रिमेक गरे राखे । फेरि रिमेक अभर आउँदा यो गीतलाई निकै रुचाइयो । तर, चलचित्र छिङिले राम्रो व्यापार गर्न सकेन । गीत हिट भए पनि फिल्मले दर्शकको मन जित्न सकेन ।

नयाँ वर्षको अवसर पारेर गत चैत अन्तिममा रिलिज गरिएको नेपाली चलचित्र ‘यात्रा ः अ म्युजकल ब्लग’ मा पनि एक समयको हिट गीत चट्ट रुमाल क्या मालुम…राखियो । यो गीतलाई अहिलेका नयाँ पुस्ताका कलाकारको स्वरमा रेकर्ड गरेर राख्दा दर्शकले पहिला शम्भुजीत बासकोटा र अनुराधा पौडयालको स्वरमा जस्तो मन पराएनन् । निर्माता निर्देशक केशव भट्टराईले चलचित्र यात्रा चलाउन आफ्नै पुरानो फिल्म ‘आफन्त’बाट यो गीत लिएर रिमेक गरेका हुन् । नयाँ फिल्ममा यो गीत विवादित भएपछि यात्राको स्क्यान्डलमा यसले केही सघायो । यो गीतलाई फिल्मको अन्तिममा ‘क्लोजिङ टाइटल’सँगै राखिँदै दर्शकले सोचे अनुसारको महŒव यो फिल्ममा गीतले पाएन ।

यसरी विगतका हिट गीतलाई पछिल्लो समय रिमेक गर्दै केही नयाँ जस्तो बनाएर रिलिज गर्ने चलन यसरी विगतका हिट गीतलाई पछिल्लो समय रिमेक गर्दै केही नयाँ जस्तो बनाएर चलचित्रमा राखी रिलिज गर्ने चलन छ । थुप्रै नेपाली चलचित्रमा पुराना हिटलाई नयाँ चलचित्र राखिए पनि थोरै गीतले मात्र फिल्मलाई सफलता दिलाएको छ ।

 

 

(Visited 49 times, 1 visits today)
Loading comments...