बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

मकालु हिमाल आरोहण गर्ने क्रममा २ भारतीयसहित ३ जनाको मृत्यु

भविन कार्की
1 month ago
26/05/2019

संखुवासभा । विश्वको पाँचौ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय भएको बताइएको छ ।

शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका वडा–२ का निमा तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मिमबहादुर लामाले जानकारी दिए ।

त्यस्तै मकालु हिमाल आरोहण गरेर क्याम्प ४ मा आइपुग्न लाग्दा लडेर दुई भारतिय नागरिकको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा ५४ बर्षीय dipankar ghidsh र ३५ बर्षीय naryan sigh भएको बताइएको छ ।

उनीहरुको शव पोष्टमार्टमाका सोलुखुम्बु लगिएको छ । भने मकालुका निमा तेन्जीको शव पोष्टमार्टमाका लागि आइतबार हेलिकप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । दुई भारतीय नागरिकको जेठ २ गते मृत्यु भएको हो ।

(Visited 32 times, 1 visits today)
Loading comments...