बुधवार ११ आषाढ, २०७६ (Wednesday, 26th June 2019)
११ आषाढ, २०७६ (26 June 2019)

पाँचथरमा एक व्यक्ति मृत अवस्थामा भेटिए

सन्देश सुब्बा
1 month ago
26/05/2019

पाँचथर । फिदिम–४, स्थित हेंवाखोलामा आइतबार बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । हिलिहाङ गाउँपालिका–६, का ७० वर्षीय दलबहादुर योङहाङलाई खोलाको बीच भागमा मृत अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्डमपछि परिवारलाई जिम्मा दिइएको छ । परिवारका अनुसार मृतक योङहाङ हिजो कसैलाई नभनि घरबाट निस्केका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 48 times, 1 visits today)
Loading comments...